कम्युनिटी सपोर्ट ग्रुपमा गुरुङको निरन्तरता

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७४
manoj gurung

पोखरा, २९ पुस।कम्युनिटी सपोर्ट ग्रुप -सिएसजी) नेपालको १३ औ साधारणसभा तथा सातौ अधिवेशन पोखरामा शनिवारमा सम्पन्न भएको छ।

अधिवेशनले दुर्इ वर्षका लागि पुन मनोज गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समितिको प्रथम उपाध्यक्षमा शिवजी कुँवर, द्वितीय उपाध्यक्षमा रत्नमान गुरुङ, सचिवमा मनोजकुमार गुरुङ, कोषाध्यक्षमा कुसुमबानु आलम, सहसचिवमा रामचन्द्र पोखरेल छन्।

यस्तै, सदस्यमा करुणा मियाँ ढकाल, ओमकृष्ण गुरुङ, मैया गुरुङ छन्। ११ सदस्यीय रहने कार्यसमितिमा दुर्इ सदस्य पछि मनोनित गरिनेछ।

साधारणसभाले सचिव मनोजकुमार गुरुङले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष करुणा मियाँ ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

यसअघि साधारणसभाको उद्घाटन गर्दै पश्चिम क्षेत्र एचआईभी एड्स सञ्जालका अध्यक्ष विश्वमोहन गौचनले सामाजिक क्षेत्रको विकासमा गैरसरकारी संस्थाले निर्वाह गरेको भूमिका निकै प्रशंसनीय भएको बताए।

क्षेत्रीय क्षयरोग केन्द्र पोखरा पूर्व प्रमुख डा मुकुन्दप्रसाद आचार्यले समुदायको आवश्यकता अनुसारका काम गर्नुपर्नेमा जोड दिए।

संस्थाका संरक्षक सुन्दर गुरुङले समुदायमा ज्ञान, सीप र क्षमता बढाउनका लागि सबै मिलेर लाग्नुपर्ने आवश्यकता औल्याए।

कार्यक्रममा तमु धि नेपालकी अध्यक्ष कर्म गुरुङ, भूमिअधिकार मञ्च कास्कीका अध्यक्ष आशबहादुर गुरुङ, कानूनी सल्लाहकार कमलनाथ पौडेल, ज्येष्ठ नागरिक मञ्च पुम्दीभुम्दीका अध्यक्ष खडानन्द बराल, हेमजाका अध्यक्ष नीलकण्ठ पौडेल, निर्मलपोखरीका सचिव प्रेमलाल अधिकारी, कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दीलिप गुरुङ, कार्यक्रम व्यवस्थापक लालबहादुर गुरुङ र आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देललगायतले बोलेका थिए।

कम्युनिटी सपोर्ट ग्रुप नेपालका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य ओमकृष्ण गुरुङले स्वागत र सहसचिव रामचन्द्र पोखरेलले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width