Worldlink ads

दुर्इ मेला आजदेखि

आदर्श समाज सम्वाददाता
पौष २७, २०७४

पोखरा, २६ पुस । पोखरामा बिहीबारदेखि दुर्इ ठूला मेला शुरु हुँदैछन् । मेला सञ्चालन मिति एकै भए पनि आयोजक र मेलास्थल भने फरक छन् ।

पोखरा उद्योग वाणिज्य संघले नयाँबजारस्थित स्थायी प्रदर्शनी केन्द्रमा सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला सञ्चालन गर्दैछ भने युनाइटेड क्लब पोखराले अमरसिंहचौरमा आठौं पोखरा महोत्सव सञ्चालन गर्दैछ । दुवै मेला माघ ८ सम्म चल्नेछन् ।

उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेल मेलामा २ सय ८० वटा स्टलहरु रहने बताए । ‘लगानीको सर्म्बर्द्धनःउद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजित मेलामा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धनका स्टलहरु राखिनेछन् ।

त्यस्तै, उक्त मेलामा नेपाल मोवाइल वितरक संघले आयोजना गर्दै आएको दोस्रो मोवाइल मेला समेत हुनेछ । यसले सूचना प्रविधिको जानकारी लिने अवलोकनकर्तालाई गन्तव्यको रुपमा विकास गर्ने आयोजकको अपेक्षा छ । मेलामा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधि प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधिको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानको बिक्री वितरण गरिनेछ ।

साथै विभिन्न मनोरञ्जनात्मक क्रियाकलापसमेत मेलामा देख्न पाइनेछ ।

उता, युनाइटेड क्लब पोखराले कला, संस्कृति, भेषभूषा संरक्षण, सूचना प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने, प्रतिभा प्रस्फुटन, विभिन्न उत्पादनको बजारीकरणमा सघाउने लगायत उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको जनाएको छ ।

क्लबका महासचिव राजु श्रेष्ठले पोखरा महोत्सवको आम्दानी समाजकै हितका लागि शिक्षा, स्वास्थ्य र पर्यटनमा खर्च गरिने भएकाले अरु महोत्सवभन्दा पोखरा महोत्सवले छुट्टै महत्व बोकेको दाबी गरे।

महोत्सवमा कृषि, पर्यटन, अटो र विभिन्न उत्पादनसँग सम्बन्धित २ सय ३५ स्टल रहने छन्। महोत्सव अवधिभर दिउँसो विभिन्न कलाकारले सांस्कृतिक कार्यक्रम र साँझ लाइभ पप कर्न्र्सट हुने जनाइएको छ।  साथै, प्रदेशस्तरीय लोकदोहोरीगीत प्रतियोगिता, बाल उद्यान, हस्तकला, औद्योगिक उत्पादन, कृषि, अटो मेला महोत्सवको आकर्षणका रुपमा रहने छन्। यसपटक नयाँ आकर्षणका रुपमा हात्ती सवार कार्यक्रम थप गरिएको छ।

झण्डै २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १२ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । उक्त महोत्सवबाट १ करोड १४ लाख आम्दानी, ७९ लाख खर्च र ३५ लाख रुपैयाँ’ बचत हुने आयोजकको अनुमान छ।

Related News

सम्बन्धित समाचार

    • नव सिद्धार्थ सहकारीमा भवानी माकाजु

      आदर्श समाज सम्वाददाता पौष २९, २०७८
      हेमजा।पोखरा महानगरपालिका–८, वगालेटोल स्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.को बुधवार सम्पन्न विशेष साधारणसभाले भवानी माकाजुको अध्यक्षतामा…
    • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

      रासस पौष २६, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • लेखनाथमा अनाधिकृत व्यवसाय निरुत्साहित गरिने

      आदर्श समाज सम्वाददाता पौष २६, २०७८
      पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बिना इजाजत सञ्चालनमा आएका व्यवसायलाई निरुत्साहित गर्ने…
    • शुभ चेरिस्मा इम्पोरियम पुन सञ्चालनमा

      आदर्श समाज सम्वाददाता पौष २६, २०७८
      पोखरा । पोखराको न्युरोडमा शुभ चेरिस्मा इम्पोरियम पुन सञ्चालनमा आएको छ । केही समय बन्द रहेर पुन सञ्चालनमा आएको इम्पोरियमको…
    • नेप्सेमा उच्च अङ्कको वृद्धि

      रासस पौष २५, २०७८
      काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक…

    hero news full width