पोखरा, २६ पुस। सामुदायिक विद्यालयमा सञ्चालित पुस्तकालयप्रति आकर्षण बढ्दै गएको छ। पुस्तकालयबाट शैक्षिकसँगै अतिरिक्त ज्ञान समेत पाउन थालेपछि विद्यार्थी, शिक्षक र समुदायको आकर्षण बढ्दै गएको हो।
पाहार ट्रष्ट नेपालले सामुदायिक विद्यालयमा सञ्चालन गरेका पुस्तकालयबाट विद्यार्थी, शिक्षक र समुदायले लाभ लिइरहेका छन्।
शुरुशुरुमा पुस्तकालय सञ्चालन गर्दा विद्यार्थी नै जादैनन् कि भन्ने चिन्ता नभएको भने होइन। तर विद्यालयमा पुस्तकालय सञ्चालन गरेपछि सबैभन्दा बढी विद्यार्थी नै आकषिर्त बने।
‘पहिला विद्यार्थी आकषिर्त हुँदैन कि भने लागे पनि अहिले अवस्था सोचेभन्दा बेग्लै भएको छ’-नरोदय मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति हिमलाल न्यौपानेले भने-‘अब त पुस्तकालयबिना विद्यार्थी नै बाच्दैनन् कि जस्तो पो भएको छ।’
स्याङ्जाको अमरज्योति माविका निमित्त प्रधानाध्यापक सुदर्शन पौडेलले विद्यालयमा रहेको पुस्तकालयले विद्यार्थी र शिक्षकको पढ्ने बानीको विकास भएको बताए। ‘शिक्षकका लागि अतिरिक्त सामग्री पनि उपलब्ध भएको छ, समुदायपनि आकषिर्त छ’-उनले भने-‘पुस्तकालयमा स-साना बालबालिकाका लागि चित्रसहितका पुस्तक, खेलकुद सामाग्री हुँदा उनीहरु पनि आकषिर्त छन्।’
ट्रष्टले हालसम्म लमजुङमा सात, कास्कीमा १०, स्याङ्जामा १७, बाग्लुङ र तनहुँका १/१ विद्यालयमा पुस्तकालय सञ्चालन गरिएकोमा कास्कीका ६, लमजुङको ७, तनहुँ र बाग्लुङको १/१ विद्यालयको पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको छ। प्रत्यक पुस्तकालयका ५ देखि २० लाख रुपैयाँसम्म लगानी परेको छ।
पुस्तकालय मात्र सञ्चालन गर्दा थोरै र भवन सहित पुस्तकालय सञ्चालन गर्दा बढी लगानी हुने गरेको छ। हालसम्म पाहार ट्रष्टले पुस्तकालयका लागि मात्रै ३ करोडभन्दा बढी लगानी गरिसकेको छ। पाहार ट्रष्ट नेपालकी पुस्तकालय विकास अधिकृत बालकाशी गुरुङका अनुसार सन् २०१६ मा विद्यालयमा सञ्चालन गरिएका पुस्तकालय १ लाख ३० हजार १ सय १० जनाले उपयोग गरे।
४३ हजार ७ सय ३३ वटा पुस्तक पढ्नका लागि घर लगियो। पुस्तकालय उपयोग गर्नेमा ८९ प्रतिशत विद्यार्थी, ८ प्रतिशत शिक्षक/शिक्षिका र ३ प्रतिशत समुदायका व्यक्ति छन्। जसमध्ये ९४ प्रतिशत विद्यार्थी, ४ प्रतिशत शिक्षक/शिक्षिका र २ प्रतिशत समुदायले पुस्तक घरमा लगेर अध्ययन गरेको तथ्यांक छ। पाहार ट्रष्ट नेपालले केन ट्रष्ट युकेको आर्थिक सहयोगमा सन् २००९ अक्टोवरदेखि लमजुङको पसगाउँ ठाँटी माविबाट पुस्तकालय परियोजना शुरु गरेको थियो। हालसम्म ९९ जना शिक्षक/शिक्षिकालाई पुस्तकालय व्यवस्थापन तालिम दिएको छ भने ७५ हजार २ सय ४८ पुस्तक उपलब्ध गराएको छ। त्यस्तै, पुस्तकालयका लागि आवश्यक फर्निचर, कार्पेट लगायत सामाग्री उपलब्ध गराएको छ।पुस्तकालयप्रतिको आकर्षण बढेपछि पाहार ट्रष्टले सन् २०१८ मा १० वटा विद्यालयमा पुस्तकालय थप गर्न हौसिएको छ। उसले कास्की, स्याङ्जा, म्याग्दीमा पुस्तकालय थप गर्ने योजना तय गरेको हो। ५ विद्यालयमा पुस्तकालय स्थापना गर्न र ५ विद्यालयमा भवनसहित पुस्तकालय बनाउने जनाएको छ। त्यसका लागि झण्डै डेढ करोड लगानी गरिँदैछ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९