पोखरा, २६ पुस । गुड नेर्वर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा संचालित सामुदायिक विकास परियोजनाअन्तर्गत ग्रामीण क्षेत्रका महिलालाई ३ महिने एड्भान्स सिलाई कर्टाई तालिम दिइएको छ ।
अभिभावकको आयआर्जन वृद्धि तथा उद्यमशिलता विकासका लागि नौलो घुम्ती नेपालले असोज ३ महिने एड्भान्स सिलाई कर्टाई तालिम दिएको हो ।
तालिम प्रशिक्षकमा जमुना आचार्य थिइन् । तालिममा साविकका लुम्ले, मिजुरेडाँडा र ल्वाङघलेल हाल अन्नपुर्ण ६ र ७, मादी ८ र माछापुच्छ्रे ८ बाट सहभागी थिए।
तालिमपछि कुथा, शुरुवाल, सर्ट, पाइन्ट, भोटो, जामा, गाउन, चोलो सिलाउन सक्ने सहभागी संगिता परियारले बताइन्। तालिम समापनमा कार्यक्रम संयोजक मना ज्ञवालीले ग्रामीण भेगबाट परिवारबाट ३ महिनासम्म टाढा भएर आर्जन गरेको सीपले आफ्नो परिवारको आयआर्जनमा सघाउने बताइन्। नौलो घुम्ती नेपालका कोषाध्यक्ष मंगल नेपालीले महिलाले विगतका दिनहरुमा चुलो चौकोमा मात्र सिमित नभई पुरुषसरह आय आर्जनमा सघाउन सक्षम भैसकेको भनि प्रशिक्षार्थीहरुलाई उर्जाशील बनाई शुभकामना व्यक्त गरे।
कार्यक्रम सञ्चालन नौलो घुम्ती नेपाल, सामुदायिक विकास परियोजनाका लघु उद्यम विकास अधिकृत नेहा शाहीले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९