लमजुङ, २५ पुस । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले पत्रकारको कलम दमित हुन नहुने बताएका छन् ।
प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ जिल्ला शाखाको संयोजनमा आचारसंहिता जागरण अभियानको सर्न्दर्भमा यहाँ आयोजित कार्यक्रममा उनले आचारसंहिता पालना नैतिकतामा निर्भर रहने विषय रहेको बताए। पत्रकारले दमित वा त्रसित भएर मौन बस्ने वा कलम नै नचलाउने गर्नु हुँदैन-उनले भने। उनले संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता भन्ने उल्लेख हुनुका साथै प्रशारण वा प्रकाशन पूर्व कुनै पनि समाचारमा प्रतिबन्ध नलगाईन भन्ने व्यवस्थाले यसको गरिमाको बोध गराएको बताए। उनले भने-‘तर न्यूज र भ्यूजमा फरक हुनुपर्छ, कहिलेकाहीँ के हो ? भन्ने द्विविधा पनि पर्ने गरेको स्मरण गर्दै उनले त्यसतर्फ पत्रकार सचेत हुन आवश्यक छ।’
प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले पत्रकार आफूले आफैलाई फर्केर हेर्न जरुरी छ, आत्मसमीक्षा गर्दै अघि बढ्न सल्लाह दिए।
प्रेस काउन्सिलका सदस्य संगीता खड्काले पत्रकारको हतियार कलम हो, प्रहरीले लिने हतियार प्रहरीले दुरुपयोग गरेमा के हुन्छ – हामीहरूको हकमा पनि त्यही हो, प्रेस काउन्सिलले पत्रकारलाई दण्डको डण्डा देखाउने मात्र नभईतालिम, उपचार खर्च, उपकरण खरिदमा २५प्रतिशत अनुदान तथा प्रेस किन्दा केही व्याजमा सहुलियत दिने गरेको बताइन्। काउन्सिलका अर्का सदस्य इश्वरी ओझाले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै भोलिका दिनमा देखिने त्रुटी सच्याउँदै जाने बताए ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले राजधानीकै ठूला मिडियाले समेत उचित पारिश्रमिक नदिने गरेको, वर्गीकरण नतिजा समयमा प्रकाशन नहुने, त्यो पारदर्शी नभएको अनुभूति हुने र नतिजा प्रकाशन गर्दा ढिलाइ गर्न नहुने र ढिला भए पनि सुविधा दिँदा साउनदेखिनै दिनुपर्ने लगायत सुझाव राखेका थिए।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९