एनआइसी एसियाका शाखा १ सय ५९ पुगे

आदर्श समाज सम्वाददाता
पौष २५, २०७४

पोखरा, २४ पुस। एनआइसी एसिया बैंकले सोमबार तनहुँ र गोरखामा दुर्इ वटा शाखा विस्तार गरेको छ। बैंकले तनहुँ आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी बजार र गोरखा सदरमुकाम गोरखाबजारमा शाखा सञ्चालनमा ल्याएको क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले जानकारी दिए।

गोरखा शाखाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोसीले र आँबुखैरेनी शाखाको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गीरबहादुर थापाले उद्घाटन गरे।

बैंकले छिट्टै तनहुँको डुम्रे, कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत नाउँडाँडा र पर्वतको जलजला गाउँपालिकाअन्तर्गत बारीबेनीमा शाखा विस्तार गर्ने शर्माले जानकारी दिए।बैंकले आइतबारमात्र लमजुङ वेशीशहरमा शाखा खोलेको थियो। बैंकको शाखा सञ्जाल हालसम्म १ सय ५९ वटा पुगेको जनाइएको छ।

ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्नेक्रममा विभिन्न क्षेत्रमा शाखा खोल्नेक्रम जारी रहेको बैंकका क्षेत्रीय प्रबन्धक शर्माले बताए। एजेन्सी

Related News

सम्बन्धित समाचार

hero news full width