धूमपान मद्यपान निषेधसम्बन्धी सचेतना र्‍याली

आदर्श समाज सम्वाददाता
पौष २३, २०७४
Lagu Aushadh

पोखरा, २२ पुस। सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा शनिबार पोखरामा लागुऔषध नियन्त्रण महाअभियान तथा धूमपान, मद्यपान निषेधसम्बन्धी सचेतनामूलक र्‍याली निकालिएको छ।

लेकसाइड हल्लनचोकबाट शुरु र्‍याली बाराहीघाट, गौरीघाट, फिस्टेलगेटहुँदै केदारेश्वर महादेवमणि मन्दिर परिसरमा पुगेर समापन भएको थियो। ‘धूम्रपान मद्यपान लिन्छ ज्यान’ भन्ने नाराका साथ सचेतनामूलक र्‍याली निकालिएको हो।

कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले कास्कीमा व्यापक रुपमा लागुऔषधको कारोवार हुने बताए । उनले छिमेकी भारतमा खुला सिमानाका कारण सडकमार्ग हुँदै यहाँ त्यसको प्रभाव परेको बताए । उनले लागु औषध समस्या नियन्त्रण गर्न सबै जुट्नुपर्ने बताए। महाअभियानमार्फत चार महिनामा हालसम्म करिब ६० प्रतिशत नियन्त्रणमा आएको उल्लेख गरे। कास्कीका हरेक गाउँ टोल क्षेत्र समेट्ने गरी आफूहरुले स्थानीयहरुसँग समन्वय गर्दै वडा समिति गठन गरेको उनले दाबी गरे। सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराईले धूमपान र मध्यपान स्वास्थ्यको लागि हानिकारक भएकोले त्यसलाई तत्काल छाड्न आग्रह गरे। कार्यक्रम संयोजक रमा लामिछानेले कार्यक्रममा सहभागीलाई धन्यवाद दिइन। सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।

सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा भएको र्‍यालीमा विभिन्न संघसंस्थाको सहभागिता रहेको केन्द्रका सचिव चेतनारायण पाण्डेले बताए।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width