काँग्रेस ५ वर्षकलागि प्रतिपक्ष : कोइराला

आदर्श समाज सम्वाददाता
पौष २३, २०७४
shekhar koirala

पोखरा, २२ पुस । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आउँदो ५ वर्षका लागि काँग्रेस प्रतिपक्षमा बस्नुपर्ने बताएका छन् । ५ वर्षसम्म कम्युनिष्टलाई सरकार चलाउन दिएर काँग्रेसले बाहिरबाट सघाउनुपर्ने उनको धारणा छ ।

पोखरामा शनिबार आयोजित नेपाली काँग्रेसको नीति, संरचना एवं रणनीति विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले पुरानै सोचले पार्टीचल्न नसक्ने भन्दै रुपान्तरणको लागि गुटभन्दामाथि उठ्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले तत्कालै केन्द्रिय समितिको बैठक बोलाएर महासमिति बैठकको मिति तोक्नुपर्ने बताएका छन् । ‘पार्टीनेतृत्वले छिट्टै केन्द्रिय समिति बैठक बोलाउनुपर्छ । बैठकमा निर्वाचनका परिणामबारे समीक्षा गर्दै आगामी कार्यनीति तयार गर्नुपर्छ’-उनले भने-‘अब पार्टीबचाउन गुटगत राजनीति छोडेर पार्टीर जनहितमा लागौं । फेरि पहिलो शक्ति बन्न सक्छौं ।’ पार्टीका वैचारिक खडेरी परेको भन्दै बौद्धिक समुदायले पार्टीका नेतालाई खबरदारी गर्नुपर्ने समय आएको उनको भनाइ छ ।

कार्यक्रममा सहभागी बौद्धिक समूदायले काँग्रेसको नीतिगत अस्पष्टता र शीर्षनेताको नेतृत्व क्षमता कमजोर भएकै कारण पार्टीे क्षति ब्यहोरेको बताए । उनीहरुले पार्टीकाई ‘मासबेस’ बाट ‘क्याडरबेस’ मा रूपान्तरण गर्नुपर्ने सुझाव दिए।

काँग्रेसले गरेका जनप्रिय र लोककल्याणकारी कार्यक्रमलाई पनि जनतासामु प्रचार गर्न नसकेको भन्दै सहभागीले पार्टीविधान र संस्थागत हिसाबले नचलेकोप्रति गुनासो पोखे ।

कार्यक्रममा काँग्रेस नेता देवराज चालिसेले काँग्रेसको नीति, संरचना एवं रणनीति विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीमा काँग्रेसको नीति, विधान, रणनीति, सांगठानिक संरचना लगायत विषयमा छलफल गरिएको थियो । सोही अवसरमा प्राज्ञ प्रभातको ५ औं अंक पनि सार्वजनिक गरियो ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width