भाग्यमानी आचार्य अभागीको भाग्य चम्काउँदै

आदर्श समाज सम्वाददाता
पौष २३, २०७४
Garden Handover

रक्तदान, जीवनदान।

धुमपान लिन्छ ज्यान।

बजारमा लामो समयदेखि राष्ट्रिय नाराका रूपमा स्थापित छन्, यी र यस्तै केही वाक्यांश। कतिपयलाई थाहा नहुन सक्छ, यी कसरी नाराका रूपमा मानक बने ? त्यसमा कसको योगदान छ ?

कालक्रमका पाना पल्टाउँदै जाने हो भने झण्डै पाँच दशक पछाडि फर्केर हेर्नुपर्ने हुन्छ। आज यी नारा बन्न कसरी अभियान चले र कसले चलाए भनेर। बजारमा एकथरी हल्ला छ-हुने खानेको, सुकिलामुकिलाको संस्था ‘लायन्स’। हो त्यही हल्ला फैलाइएको संस्थाले सञ्चालन गरेको थियो, यी र यस्तै समाजोपयोगी विभिन्न अभियान। तिनै अभियानमध्येको चर्चामा नआएको ‘पढाऔं अभियान’ले यतिखेर बजार तताइरहेको छ।

‘भाग्य हुनेलाई परिपरि आउँछ’ बुढापाकाले भन्ने गरेको उखान आम नेपालीका जनजीवनमा धेरै पटक चरितार्थ भएका छन्। तिनै भाग्यमानीमध्येका एक हुन्-पोखरेली धनराज आचार्य। उनै आचार्यको समयका पृथ्वीनारायण क्याम्पसका साथी कोही राजनीतिमा, कोही समाजसेवामा सक्रिय छन्। राजनीतिक जीवनलाई दुर्इ पाइला पछाडि र समाजसेवामा एक पाइला अगाडि राखेर बढेका आचार्यलाई यहाँ भाग्यमानी भनिरहँदा अनेक अर्थ लाग्न सक्छन्। तर सर्न्दर्भ उनको राजनीतिको नभएर शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा काम गर्दै आएको संस्था लायन्स क्लबको हो। लायन्स क्लब स्थापनाको १०० वर्ष मनाइरहँदा डिस्ट्रिक्ट ३२५ बी १ को डिस्ट्रिक्ट गभर्नर बन्ने सौभाग्य उनलाई नै मिल्यो। त्यही सौभाग्यमा उनले सुनौला अक्षरको इतिहास लेखाउनका लागि ‘पढाऔं अभियान’ तीव्र पारिरहेका छन्। सोही कारण उनी जनजनका मनमनमा सौभाग्यशाली लायन्स लिडर बने इरादा लिएर हिँडिरहेका छन्।

झण्डै ४६ वर्ष अगाडिदेखि लायन्सले चलाएका रक्तदान, धुमपान जस्ता अभियान सर्वाधिक लोकप्रिय र प्रभावकारी भए तापनि सोही समयदेखिको पढाऔं अभियानलाई अहिले आचार्यले नै प्रभावकारी तवरले अगाडि बढाएका छन्। गभर्नर आचार्यका भनाइ सापट लिने हो भने नेपालमा केहीले मात्र राम्रो विद्यालय पढ्न पाएनन् तर त्यसको दुर्इ गुणा जनसंख्या विपन्नताका कारण एसएलसीसम्मको अध्ययन गर्न पाएका छैनन्। सोही कारण हुनुपर्छ उनको परिवार राम्रो कामको शुरुवात आफैँबाट गरौं भनेर १० लाखको अक्षयकोष परिवारबाट शुरु गरेर अगाडि बढाएको अभियानमा अहिले करोडौं रकम संकलन भइरहेको छ। उनको यो अभियानमा उनी मात्र छैनन्, उनको अभियानलाई पुष्प झै सुमधुर मग्मगाउँदो वास्ना छरेर सहयोग गरेकी छन्, उनको विद्यार्थी, राजनीतिक र पारिवारिक जीवनकी सहयात्री पुष्पा आचार्यले पनि। व्यापार-व्यवसाय, सामाजिक संघसंस्थाप्रतिको उत्तरदायित्व र घर परिवारको जिम्मेवारी सबैलाई पुष्प झैं हलुको पार्दै हर औपचारिक कार्यक्रममा असल र सफल सहयात्रीको भूमिका निर्वाह गर्दै साथ दिएकी छन्। समाजमा एउटी महिलाले अनेक भूमिका निर्वाह गर्नुपर्छ, समय र परिस्थिति सधैँ एकैनास हुँदैन तर पनि उनीसँगको दशकौं लामो घुलमिललाई सम्झदा र अहिले जीवनसाथी क्लबको गभर्नर भएर उनी फस्ट लेडि भइरहँदा कहिल्यै अँध्यारो, झको फको नदेखिने त्यो मुहार, शालिन व्यवहार र प्रतिकूल अवस्थामा पनि अनुकूल उपस्थिति देखाउँछिन् पुष्पा । त्यसैले पनि गभर्नर आचार्यलाई विपन्नको भाग्य चम्काउने अभियानलाई सहज महसुस भएको छ।

पारिवारिक मात्र होइन अन्य सहयोगी हातको पनि यथाशक्य सहयोग जुटिरहेको छ। यसैसर्न्दर्भमा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनले पनि एक लाख जम्मा गरेर आफूलाई उक्त अभियानमा समाहित गराएको छ। क्लबका अध्यक्ष हरिबहादुर भाट, क्लबका पढाऔं अभियान कार्यक्रम संयोजक प्रमोद रानाभाट र सुब्बा घिमिरेले संयुक्त रूपमा डिस्ट्रिक्ट गभर्नर एमजेएफ धनराज आचार्यलाई एक लाखको चेक हस्तान्तरण गरेका छन्। क्लबले आयोजना गरेको डिजी टु क्लब भिजिट र दोस्रो चार्टर्र नाइट समारोहका बीच उक्त चेक हस्तान्तरण गरेको हो।

त्यो मात्रै होइन क्लबले वाषिर्क रूपमा कार्यक्रम नै तय गरेको छ ‘विपन्नलाई प्राविधिक शिक्षा’। लायन्स क्लब स्थापनाको सय वर्ष पुगेको सर्न्दर्भमा यही वर्षबाट क्लबले एक सय जना जेहेन्दार विद्यार्थीलाई आधारभूत कम्प्युटर शिक्षा पढाउने, नेतृत्व विकास तालिम दिने क्लबका अध्यक्ष हरिबहादुर भाट बताउँछन्। उक्त अभियानका लागि झण्डै चार लाख खर्च लाग्ने र क्लबले नै उक्त रकम जोहो गर्ने फाइनान्सियल डाइरेक्टर प्रमोद रानाभाट बताउँछन्। सामाजिक भावना लिएका असल विचारधारी मन हुनेहरू मासिक एक हजार खर्च उठाएर क्लब चलाउँछन् र थप कार्यक्रम गर्दा कार्यक्रमको प्रकृतिअनुरूप रकम उठाएर सामाजिक कार्य गर्दै अगाडि बढ्छन्। यसरी उनीहरू अगाडि बढिरहँदा, उनीहरूको क्लबले सहयोग गरिरहँदा ३२५ बी १ का को चिफ एडभाइजर एमजेएफ विशेश्वर आचार्य, एओजी एमजेएफ किशोर बराल, रिजन चियरपर्सन एमजेएफ पृथ्वीराज शर्मा तिमिल्सिनाले पनि क्लबको स्थापनको छोटो समयको सहयोगप्रति आभार र गतिविध्रि्रति प्रशंसा गरेका छन्। यस्तै क्लब स्थापनाको दोस्रो वर्ष प्रवेश गर्दैगर्दा क्लबले विभिन्न कार्यक्रममा संयोजक भएर काम गर्ने पदाधिकारी आनन्द पौडेल, हरिप्रसाद रेग्मी, सुजित बिजुक्छे, तर्कबहादुर गुरुङ, राजु बराल, लालबहादुर रानाभाट, कृष्णबहादुर रानाभाट, तुलबहादुर रानाभाट, प्रमोद रानाभाट, मीना रानाभाट, सुनिल सुवेदी, सुब्बा घिमिरेलगायतलाई सम्मान गरेको छ।

यसरी हिजो सुकिलामुकिलाको संस्था भनिएको लायन्समा आज हुने खाने र हुँदा खानेहरू पनि समाहित भएर समाजसेवाका कार्यमा लागिरहँदा तपाईं हामी पनि विद्यालय पढ्न नपाउने विपन्नका लागि सक्दो सहयोग गर्ने हो कि ?

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width