Worldlink ads

बालहितकारी परियोजनामा पहारी

आदर्श समाज सम्वाददाता
पौष २३, २०७४
Govinda Raj Pahari

पोखरा, २२ पुस । बालहितकारी परियोजना नेपालको १७ औं वाषिर्क साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले गोविन्दराज पहारीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समिति उपाध्यक्ष रामचन्द्र शर्मा, सचिव दिलबहादुर भट्टराई र कोषाध्यक्ष लोकमणि सुवेदी छन् ।  सदस्य विवेक लुइँटेल, रश्मिला श्रेष्ठ र विमला तामाङ रहेका छन् ।

अधिवेशनका लागि संस्थाका मानार्थ सदस्य राजेन्द्रकुमार बस्नेतको संयोजकत्वमा संस्थाका सदस्य सरलाकुमारी पाण्डेय सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका कार्यकारी अधिृकत माधवप्रसाद आचार्यले संस्थाको विद्यमान अवस्थाबारे प्रकाश पारेका थिए ।

समीक्षा अवधिको प्रगति विवरण संस्थाका सचिव दिलबहादुर भट्टराईले तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष लोकमणि सुवेदीले प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष गोविन्दराज पहारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पहारीले संस्थागत सुशासन, नीति तथा कार्यक्रमबारे जानकारी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width