भूपू विद्यार्थीले गरे विद्यालयलाई सहयोग

आदर्श समाज सम्वाददाता
पौष २३, २०७४
help news

पोखरा, २२ पुस । कास्कीको मादी गाउँपालिका ८ पाखुरीकोट नागीधारस्थित प्रभात आधारभूत विद्यालयलाई भूपू विद्यार्थी कुलप्रसाद गुरुङले शैक्षिक सामग्री सहयोग गरेका छन् ।

उनले विद्यालयमा आवश्यक कम्प्युटर, प्रिन्टर, टेबुल लगायत सामग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् । नागिधार घर भई अमेरिका बस्दैआएका गुरुङले आफूले अध्ययन गरेको स्कुलमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । अरुलाई पनि सहयोगका लागि उनको आग्रह छ । विद्यालयको सहयोगका लागि अमेरिकाको बाल्टिमोरमा च्यारिटि शो समेत गरेको गुरुङले बताए ।

गत २०७२ सालको विकासकारी भूकम्पले विद्यालयको भवन जोखिम अवस्थमा छ । जिल्ला शिक्षा कार्यालयले २ पटक गरी ६ कोठे भवन निर्माण गरिदिएपछि केही सहज भए पनि भौतिक संरचना अझै अपुग भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालदेवी घलेले बताइन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा गोर्जे श्रोत केन्द्रका श्रोतब्यक्ति बलराम पोख्रेलले विद्यालयका लागि जिल्ला शिक्षा कार्यालय, गाउँपालिका लगायत निकायमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । गुड नेर्वर्स इन्टरनेसनलको सहयोगमा सञ्चालित नौलो घुम्ती नेपाल नामक गैरसरकारी  संस्थाको सहयोग तथा जिल्ला शिक्षा कार्यालय कास्कीको समन्वयमा ३ वर्षअघि बालमैत्री विद्यालयको रुपमा स्थापित गरिएको प्रधानध्यापक चन्द्रकान्त अधिकारीले बताए ।

कार्यक्रममा विद्यालयका पूर्व प्रअ डम्बरजङ गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा मिजुरेडाँडा गाविसका भूपू अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ, भूपू विद्यार्थी तथा काँग्रेस कास्कीका जिल्ला सदस्य ओमप्रकाश गुरुङ, मादी ८ का वडाअध्यक्ष यामबहादुर गुरुङ, साविक मिजुरेडाँडा २ का भूपू अध्यक्ष चेतबहादुर गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सोही विद्यालयकी शिक्षक गन्जु गुरुङ्ले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width