कठै ! यी बालबालिका

आदर्श समाज सम्वाददाता
पौष २०, २०७४
DSC00323

यो तस्वीर पोखरा-८, सृजनाचोक नजिकै खिचिएको हो । ४८ वर्षीय जीवन गिरीलाई सकीनसकी उनका ६ वर्षीय छोरा समर र ९ वर्षीया छोरी शीतलले गन्तव्यतर्फ पुर्‍याउँदैछन्। समरले ह्वीलचियर तानेका छन् भने शीतल पछाडीबाट धकेलिरहेकी छन्। परिवारका सदस्य पाल्न सडकमा यसरी घिस्रिएर माग्नु जीवनको दैनिकी हो। अपाङ्गता भएका जीवनलाई दैनिक यसरी नै उनका छोराछोरीले साथ दिँदैआएका छन्। जहाँ मानिसको बाक्लो चलहपहल हुन्छ, त्यहाँ ह्वीलचियर रोकेर सहयोग थाप्नु अनि जम्मा भएको रकमबाट गुजारा चलाउनु, कोठा भाडा तिर्नु यो परिवारको पहिलो आवश्यकता हो। केहीले जीवनको अपाङ्गता त, कतिपयले ती बालबालिकाको मलिनो अनुहारप्रति दया देखाएर सहयोग गर्छन्। उक्त दर्दनाक अवस्थाबाट जेलिएका जीवनलाई छोराछोरी विद्यालय पठाउन मन नलागेको भने होइन तर के गर्ने ? त्यसका लागि उनीसँग कुनै उपाय नै छैन। ‘छोराछोरी पढाउन मन लागेर के गर्नु’-जीवनले भने-‘एक त पैसा छैन, अर्कोतर्फ यिनैको सहारामा म आफै हिँडेर परिवारको पेट पाल्नुपर्छ।’ जीवनकी श्रीमती र छोराछोरीसहित ४ जना सदस्यको परिवार हाल मालेपाटनमा कोठाभाडामा बस्छ। स्याङ्जा लामागे घर बताउने जीवन २०५५ सालदेखि पोखरा छन्। १३ वर्षको छँदा पोलियो प्यारालाइसिस भएपछि उनी दुवै खुट्टा टेक्न नसक्ने गरी थलिए। जीवनलाई अपाङ्गताको यो कहालीलाग्दो कथाबीच छोराछोरीको भविष्यको चिन्तासमेत थपिएको छ। तपार्इं पनि यो परिवारका लागि केही सहयोग गर्नेबारे सोच्ने हो कि ?

तस्वीर : आदर्श समाज

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width