मुक्तिनाथको १२ औ वाषिर्कोत्सव

आदर्श समाज सम्वाददाता
पौष २०, २०७४

पोखरा, १९ पुस। मुक्तिनाथ विकास बैंक लिमिटेडको १२ औं वाषिर्कोत्सव बुधबार सम्पन्न भएको छ।

‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने मूल मर्मका साथ २०६३ सालमा स्थापना भएको बैंकले स्थापनाकालको ११ औं वर्ष सफलतापूर्वक सम्पन्न गरी १२ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा बैंकद्वारा केन्द्रीय, क्षेत्रीय तथा शाखा कार्यालय मार्फत विभिन्न कार्यक्रम गरी वाषिर्कोत्सव मनाइएको छ।

बैंकले क्षेत्रीय कार्यालय पोखरामा रक्तदान कार्यक्रम गर्‍यो । कार्यक्रममा  १ सय १६  यूनिट रगत संकलन भएको रक्त संचार केन्द्र रामघाटका कार्यालय प्रमुख ध्रुवमणि लामिछानेले जानकारी दिए।

जनप्रिय क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा बैंकका संस्थापक सेयरधनी पिताम्बर शर्मा (नेपाली) को प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष खिमप्रकाश मल्लले गरेका थिए।

कार्यक्रममा क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले स्वागत गरेका थिए। त्यसैगरी बैंकले सुमेरु हस्पिटल प्रालिको सहकार्य तथा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति र तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाको समन्वय तथा सहकार्यमा मधुमेह, मृगौला तथा हाडजोर्र्नीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरेको छ। शिविरबाट ४ सय ३० जना लाभान्वित भएका छन्।

कार्यक्रममा सुमेरु हस्पिटल प्रालिका प्रशासन प्रमुख दिनेश आचार्य, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका महानिर्देशक तेजेन्द्रप्रसाद पौडेल र तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका अध्यक्ष भरत खतिवडालगायत टिमको सहभागिता थियो। वाषिर्कोत्सवकै अवसरमा तानसेन शाखामार्फत सिर्जनशील अपा· स्वावलम्बन केन्द्रका दृष्टिविहीनको लागि ५ हजार ब्रेल पेपर, १० पिस स्लेट, १० पिस स्काईलक, ६ पिस स्टिक तथा वीरगञ्ज शाखा मार्फत वीरगंजको मानवसेवा आश्रममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, बुटवल अनाथ अपा· आश्रममा न्यानो कपडा वितरण गरिएको थियो।

यस्तै, बेनीघाटको वृद्धाश्रमका वृद्धवृद्धालाई खाद्यान्न तथा न्यानो कपडा, भैरहवाको सिर्द्धार्थ बालगृहमा खाद्यान्न वितरण, दुलेगौंडाको अनाथाश्रममा न्यानो कपडा वितरण गरियो भने डुम्रेमा पवित्रा मावि शिशुदेखि ३ कक्षासम्मका स्कुलका बच्चालाई स्कुल झोला वितरण गरिएको छ। दमौलीमार्फत राष्ट्रिय परोपकार केन्द्रमा आवश्यक पर्ने फर्निचर प्रदान गरिएको छ।

उता, वालि· नगरपालिका-९ भुम्रे स्थित भुम्रे माविमा बैंकले भौतिक सामग्री र कपडा वितरण गरेको छ।

गल्या· शाखाले विद्यालयको लागी खानेपानीको टंकी र फरक क्षमता भएका ११ जना विद्यार्थीको लागि ज्याकेट जुत्ता सहित एक सेट कपडा र आयाको लागि कपडा वितरण गरेको छ। नारायणगढ शाखाले नारायणगढमा देवघाट समाज कल्याण केन्द्रनामक वृद्धाश्रममा रहेका ३० जना वृद्धवृद्धालाइ न्यानो जुत्ता तथा खाद्यान्न वितरण गरेको छ।

बैंकले करिब ७ लाख बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको छ।

११ औं वाषिर्क साधारण सभाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर पारित गरेको छ। सभामा बैंकको सेवामा १० वर्ष पूरा गरेका ८ जनालाई र कार्यालयमा निरन्तर हाजिरीको आधारमा ४ जनालाई सम्मान गरिएको थियो।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा फिर्के बुँलौदी सरसफाइ अभियान तथा काठमाडौंमा बागमती सरसफाइ अभियानमा सक्रिय रुपमा निरन्तर लागेका ७ जना कर्मचारीलाई पनि सम्मान गरियो।

बैंकले आफ्ना ग्राहकका लागि सजिलो र कुशल सेवा मध्यनजर गदै चिप वेशमा आधारित स्वदेश तथा विदेशका लागि भिसा डेबिट कार्ड सुचारु गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width