पोखरामा राष्ट्रिय ह्याण्डबल शुरु

आदर्श समाज सम्वाददाता
पौष २०, २०७४
hand ball

पोखरा, १९ पुस।राखेप च्याम्पियनसीपअन्तर्गत पोखरामा बुधबारदेखि १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगितामा एपिएफ र नेपाली सेना गरी २ विभागीय, ५ विकास क्षेत्रका १-१ टिम गरी महिला पुरुष दुवैर्तर्पm समान ७ टिम सहभागी छन् ।

आगामी पुस २२ सम्म सञ्चालन हुने प्रतियोगितामा महिला पुरुष दुवैतर्फ विजेता, उपविजेता र तेस्रोलाई क्रमशः ३०, २० र १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी १३ औं सागका लागि छनौट समेत गरिने हुँदा खेल महत्वपूर्ण रहेको नेपाल ह्याण्डबल संघका अध्यक्ष एवं ओलम्पिक कमिटिका सदस्य तेज गुरुङले जनाए ।

खेल उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको खेलकुद पर्यटन विकासको लागि महानगरपालिकाले गुरुयोजना बनाउने तयारी गरेको बताए।

उनले खेलाडीलाई प्रोत्साहन गर्ने गरी स्वास्थ्यका लागि घरघरमा खेलकुदको बारेमा सचेतना गराउने बताए।

नेपाल ह्याण्डवल संघका अध्यक्ष तथा ओलम्पिक कमिटीका सदस्य तेज गुरुङले नेपालमा ह्याण्डबल खेलको धेरै सम्भावना रहेको बताए। साग खेलमा नेपालको सेमिफाइनलको स्थान रहेकोले यसको विकास गर्न सके पदकको आशा हुने उनले विश्वास व्यक्त गरे।

कास्की जिल्ला ह्याण्डवल संघका अध्यक्ष क्या जगबहादुर गुरुङको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो।

कार्यक्रममा माउण्ट अन्नपूर्ण माविका विद्यार्थीले स्वागतार्थ सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । बुधबार पुरुषतर्फ उद्घाटनमा पश्चिमाञ्चलले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३०-२२ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवाग गरेको छ । त्यस्तै, नेपाल आर्मीले दुर्इ खेलमै जित हासिल गरेको छ । मध्यमाञ्चलले एक खेलमा जित हासिल गरेको छ ।

आर्मीले सुदूरपश्चिमाञ्चललाई ३८-१२ मा पराजित गदौ मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २६-१४ गोलअन्तरले हरायो । चौथो खेलमा आर्मीले मध्यमाञ्चललाई २८-७ को फरालिकेा गोलअन्तरमा सहजै पराजित गर्‍यो ।

यता, महिलातर्फका खेलमा एपिएफ, पश्चिमाञ्चल, आर्मीले जित हासिल गर्दा मध्यमाञ्चल र सुदूर पश्चिमाञ्चलले समान ३ गोल बराबरी गरेपछि अंक बाँडे ।एपिएफले सुदूर पश्चिमाञ्चललाई ४३-३ को विशाल गोलअन्तरले पराजित गरेको हो । त्यस्तै, पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २१-३ को फराकिलो गोलअन्तरमा अको खेलमा आर्मीले पूर्वाञ्चललाई २१-३  मा सहजै हरायो । बिहीबार लिग चरणका खेल हुनेछ ।

कास्की जिल्ला ह्याण्डबल संघको आयोजना, नेपाल ह्याण्डबल संघको तत्वाधान र हङकङ व्युटी इस्टिच्युट प्रालिको मुख्य प्रायोजन खेल भएको हो ।

अघिल्लो सातामात्र पोखरामा राखेप महिला पुरुष भलिबल प्रतियोगिता भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width