बेशीशहर युथ सोसाइटीलाई त्रिवेणी कप

आदर्श समाज सम्वाददाता
पौष २०, २०७४

लमजुङ, १९ पुस। त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि वेशीशहर युथ सोसाइटी, सेराबजारले जितेको छ ।

बुधबार भएको फाइनलमा आयोजक त्रिवेणी क्लबलाई पेनाल्टीमा ३-२ गोलअन्तरले पराजित गर्दै उसले उपाधिसहित ३ लाख, ट्रफी र प्रमाणपत्र हात पार्‍यो । उपविजेतामा सीमित आयोजकले १ लाख ५० हजार सहित ट्रफी र प्रमाणपत्र पायो ।

निर्धारित ९० मिनेटको खेल र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि निर्णार्थ खेल टाइब्रेकरमा पुगेको थियो ।

प्रतियोगितमा सेमिफाइलिष्ट सुन्दरबजार युवा क्लब र घनपोखरा युवा क्लबलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

सवोर्कृष्ट खेलाडी आयोजक त्रिवेणी युवा क्लबका आकाश रानाभाट र सवोर्त्कृष्ट गोलरक्षक वेशीशहर युथ सोसाइटीका गुमान थापा घोषित भए । उनीहरूले जनही  १५ हजार पाए । अनुशासित टिम अन्नपूर्ण युवा क्लब घोषित हुँदै १० हजार पुरस्कार पाएको क्लब अध्यक्ष छविन्द्र गुरुङले जनाए । सर्वाधिक गोलकर्ता सुन्दरबजार युवा क्लबका इन्द्र दुरा, सामना युवा क्लबका सन्तबहादुर गुरुङ र रड्स युवा क्लब चितवनका रवि गुरुङले समान ५ हजार पुरस्कार पाए ।

विजयी टिम तथा खेलाडीलाई जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यले पुरस्कार प्रमाणपत्र वितरण गर्दै खेलकुदबाट राष्ट्रिय पहिचानमा नयाँ आयाम थपिने गरेको बताए । उनले लमजुङबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन हुनु गौरवको विषय भएको बताए ।

गत पुस १२ देखि शुरु प्रतियोगितामा २३ टिम सहभागी थिए । प्रतियोगितामा साविक विजेता सामना युवा क्लब तुरतुरे यसपालि क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

आयोजक क्लब त्रिवेणीले गत वर्ष स्थापनाको रजत उत्सव मनाएको थियो । सो अवसरमा फुटबलमा पुरस्कार राशि १ लाख ५० हजार थप गरी विजेतालाई ३ लाख दिन शुरु भएको हो । साथै, गत वर्षसम्म नाइन ए साइड खेलिने गरेकोमा मैदानसमेत विस्तार गरी यस वर्षदेखि इलाभेन ए साइडमा प्रतियोगिता संचालन गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width