Worldlink ads

गण्डकी विकास बैंकको कञ्चन शाखा शुरु

आदर्श समाज सम्वाददाता
पौष २०, २०७४

पोखरा, १९ पुस । गण्डकी विकास बैक लिमिटेडले रुपन्देहीको कञ्चन गाउँपालिकामा आफ्नो ५३ औ शाखा कार्यालय खोली बुधबारदेखि वित्तीय कारोबार शुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकको नीति अनुरुप वित्तीय पहुँच नपुगेका गाउँपालिका क्षेत्रमा शाखा कार्यालय खोली सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्न निर्देशन भए अनुसार बैंक उक्त स्थानमा वित्तीय कारोबार शुरु गरेको जनाएको छ ।शाखाबाट कञ्चन गाउँपालिका क्षेत्रका स्थानीयले बैंकबाट उपलब्ध सेवा निक्षेप संकलन, कर्जा प्रवाहका साथमा अन्य प्रविधिमा आधारित सेवा, मोवाइल बैँकिङ, रेमिटेन्स सेवा सहितको पूर्ण बैँकिङ सेवा उपभोग गर्न पाउनेछन् ।बैंकले आव २०७४/७५ को प्रथम त्रैयमासमा निक्षेप १९ अर्ब ३४ करोड रुपैयाँ र कर्जातर्फ १६ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ ।

बैकले केन्द्रीय कार्यालय सहित विभिन्न शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीए, एटीएम, एसएमएस, आस्वा, आइपिएस, इसीसी सेवा, आधुनिक बैकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा दिएको छ ।

साथै केन्द्रीय कार्यालय लगायत केही शाखाबाट ३६५ दिन नै बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दैआएको छ । त्यस्तै, न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको जनाएको छ ।

बैंकले भविष्यमा कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, दाङको घोराही, पाल्पाको तानसेन, कास्कीको रत्नचोक, चितवनको पर्सा मकवानपुरको हेटौडा, काठमाडौंको नयाँ बानेश्वरमा समेत शाखा कार्यालय खोल्ने तयारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए

Related News

सम्बन्धित समाचार

    • विजेतालाई उपविजेताको सम्मान !

      रामशरण नेपाली असाेज ९, २०७८
      लेखनाथ । चुनावमा पराजित भएसँगै संस्थालाई फर्केर नहेर्ने कतिपय उम्मेदवारको प्रवृत्ति हुन्छ । तर लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमै नयाँ अभ्यास…
    • ३ खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

      रासस असाेज ८, २०७८
      काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव…
    • न्यादी हाइड्रोपावरको आइपिओ आउँदै

      रासस असाेज ८, २०७८
      काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले…
    • सुनको मूल्य घट्यो

      रासस असाेज ७, २०७८
      काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार…
    • सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्र्टबीच सम्झौता

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads