अरुणज्योतिको २८ औं वाषिर्कोत्सव सभा

आदर्श समाज सम्वाददाता
पौष २०, २०७४
araun dhaua

लेखनाथ, १९ पुस। पोखरा ३१, सुन्दरीडाँडास्थित अरुणज्योति आधारभूत विद्यालयको २८ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष कमलबहादुर थापाले सामुदायिक विद्यालयको शौक्षिक विकासका लागि सरकारको तर्फबाट नै शिक्षा नितिमा परिवर्तन गर्दै एउटै तहको शिक्षा नै अहिलेको आवश्यकता भएको उल्लेख गरे।

गुणस्तरीय शिक्षाका लागि समुदायमा आधारित विद्यालयको शैक्षिक विकासका लागि स्वयम् अभिभावक नै सचेत हुुनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले बदलिँदो शैक्षिक प्रणालीलाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने बताए।

विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष शिवप्रसाद पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा अमरसिद्ध नमूना माविका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश सापकोटा, रुपाज्योति माविका प्रधानाध्यापक मनिराम कँडेल, आदन्दज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्णतिवारी, अक्षयकोषदाता लिलानाथ ढकाल, अभिभावक संगीता गुरुङ, व्यवस्थापन समितिका पूर्व अध्यक्ष होमनाथ न्यौपाने लगायत बोलेका थिए।

विद्यालयका प्रअ राजेन्द्र पौडेलले भावी योजनाबारे जानकारी गराएको सो कार्यक्रममा स्वागत शिक्षक हरिदेवी न्यौपाने र सञ्चालन शिक्षक सरिता ढकालले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width