Worldlink ads

दुलेगौंडा बजार इकाइमा वाग्ले निर्वाचित

आदर्श समाज सम्वाददाता
पौष २०, २०७४

खैरेनीटार, १९ पुस। तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाइ समितिको २२ आंै साधारण सभा एवं १० औं अधिवेशनले इकाइ सभापतिमा राजकुमार वाग्ले (राजु) लाई निर्वाचित गरेको छ।

वाग्लेले कुल खसेको मतको २ सय ५३ मत ल्याई विजयी भएका हुन्। उनका प्रत्यासी नारायणकुमार श्रेष्ठले २ सय मत ल्याएका थिए।

उपसभापतिमा टीकाराम श्रेष्ठले २ सय ६०, कोषाध्यक्ष विनोदकुमार मल्लले २ सय ४५ र जिल्ला प्रतिनिधि पूर्णकुमार श्रेष्ठले २ सय ३७ मत प्राप्त गरी विजयी भए।

सदस्यमा इश्वरकुमार श्रेष्ठ, सुन्दरश्याम मल्ल, विधान गुरुङ, प्रदीप थापा, शिव गतौर्ला, सुमन सापकोटा, हरिबहादुर खड्का र शिव पौडेल निर्वाचित भएका छन्।

इकाइमा ५ सय ६ मतदाता रहेकोमा मतदानमा ४ सय ७२ मत खसेको थियो भने निर्वाचन संयोजक राजेन्द्र पियाले जनाए।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश  ४ का उपाध्यक्ष एवं तनहुँ उद्योग वाणिज्य सघका अध्यक्ष कृष्णराज पण्डितले विजयीलाई बधाई तथा शुभकामना दिँदै व्यवसायी संगठित भएर अगाडि बढ्नु पर्ने बताए।

इकाइका निवर्तमान अध्यक्ष विमलप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव ठानप्रकाश न्यौपानेले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post