संघ स्याङ्जामा लोकतान्त्रिक प्यानलै विजयी

आदर्श समाज सम्वाददाता
पौष १७, २०७४
Subarana

स्याङ्जा, १६ पुस। स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३६ औ अधिवेशनबाट विक्रान्तकुमार श्रेष्ठ सुवर्ण्र्ााो प्यानल विजयी भएको छ।

नेपाली काँग्रेस निकट ब्यावसायी श्रेष्ठले बामगठबन्धन अध्यक्षका उम्मेदवार नन्दकुमारी लम्साल निर्मलालाई एक सय ९८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

श्रेष्ठले ५ सय ५१ मत पाएका थिए भने लम्सालले ३ सय ५३ मत पाइन्।

उपाध्यक्ष रवीन्द्रमान श्रेष्ठ, प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ ५ सय ५६, द्वितीय उपाध्यक्ष महादेव श्रेष्ठ ५ सय ९५, तृतीय उपाध्यक्ष सुनिता पौडेल ५ सय ३५, महासचिव भीमकुमार श्रेष्ठ, ५ सय ८८, सचिव आशिष लम्साल ५ सय ७७, सहसचिव सुन्दर कुमार श्रेष्ठ, ६ सय ६, कोषाध्यक्ष राजनप्रसाद घिमिरे ४ सय ७३, सह-कोषाध्यक्षमा नारायणप्रसाद ढकाल ५ सय १९ मतका बिजयी भएका हुन्।

सदस्यमा सदस्यमा सुस्मिता श्रेष्ठ, रामचन्द्र नेपाल, अर्जुन थापा, दीपक कुमार श्रेष्ठ, महमद सरिफ मियाँ, उर्मिला बस्नेत रानाभाट, लक्ष्मण प्रधान र बाबुराम पाण्डे बिजयी भए।

अध्यक्षमा विजयी श्रेष्ठले सबैलाई समेटेर स्याङ्जाको ब्यावसायीको क्षेत्रमा काम गर्ने बताए। २०१३ सालमा स्थापना भएको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३ वर्षे कार्यकालका लागि प्यानलसहित पहिलो पटक निर्वाचन भएको हो। संघका १ हजार १  सय ११ मतदाता रहेको संघको विर्नाचनमा ९ सय १९ आर्थत ८३ प्रतिशत मत खसेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width