माघ अन्तिम साता लाहाचोकमा मेला

आदर्श समाज सम्वाददाता
पौष १७, २०७४
lahachook photo

हेमजा,१६ पुस। वाने टाकुरा धार्मिक संरक्षण समिति माछापुच्छे्र गाउँपालिका-४, लाहाचोकले आगामी माघ २७ गतेबाट फागुन २ गतेसम्म मेला गर्ने भएको छ। आइतवार एक कार्यक्रमका बीच उक्त मेला गर्ने घोषण गरिएको हो।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामजी बरालले माछापुच्छे्र गाउँपालिकालाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताए। गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले माछापुच्छे्र गाउँपालिकाको चिनारीमा बाने टाकुरा मन्दिर रहेको बताउँदै गाउँपालिकाकातर्फबाट मेलामा सक्दो सहयोग रहने जनाए। वडा नं. १ का अध्यक्ष वीरेन्द्र गुरुङले लाहाचोक गाउँपालिकाको केन्द्र मात्र नभई धार्मिक केन्द्रका रूपमा पनि रहेको आफुले हेरेको टिप्पणी गरे। वडा नं. ४ का अध्यक्ष पूर्णबहादुर शाहीले मेला शिष्ट र मर्यादित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिए।

मेला सम्पन्न गर्न आइतवार बाटै सहयोग संकलन पनि थालिएको छ। जसअनुसार स्थानीय भुपेन्द्रबहादुर कुँवरले ३५ हजार, रामबहादुर जिसीले २५ हजार, कृष्णबहादुर कार्कीले मन्दिर निर्माण गर्नका लागि रु. १ लाख ६७ हजार तथा मेला सम्पन्न गर्नका लागि २५ हजार, अजित नेपालीले ४९ हजार, देवु दवाडीबाट १० हजार, वडा नं. १ का अध्यक्ष वीरेन्द्र गुरुङबाट ३० हजार, लाहाचोक प्रवासी समाज कतारबाट ५ हजार, सृजनशील आमा समूहबाट ३० हजार सहयोग प्राप्त भएको छ।

उक्त कार्यक्रममा गायिका पार्वती जिसी, श्रीराम अधिकारी, परशुराम अधिकारीलगायतको प्रस्तुति राहेको थियो। मेला सम्पन्न गर्न पानबहादुर जिसीको संयोजकत्वमा कुल तीन सय नौं सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। मेला माघ २७ गतेबाट फागुन २ गतेसम्म र शिवरात्री मेला तथा शिव पुराण माघ २२ गतेबाट फागुन १ गतेसम्म चल्ने धार्मिक क्षेत्रविकास समितिका अध्यक्ष केशव अधिकारीले बताएका छन।

मेलामा भजन चुड्का प्रतियोगिता, रत्तौली प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, हास्य कलाकारका विभिन्न प्रस्तुति,राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति साथै विभिन्न सांस्कृतिक तथा पुरातात्विक स्थलको अवलोकन समेत गराइने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width