दुर्इ स्मृति ग्रन्थ विमोचन

आदर्श समाज सम्वाददाता
पौष १७, २०७४
book

पोखरा, १६ पुस। समाजमा पुर्‍याएको योगदानको चर्चा गर्दै पोखराबाट दुर्इ पुस्तक प्रकाशन भएका छन्।

पोखरा लेखनाथ महानगर पालिका २३ मा पर्ने साविकको भदौरे तामागी गाविस ५ चैनपुर निवासी तीन जनाले समाजमा पुर्‍याएको योगदानको बारेमा पुस्तकमा उल्लेख गरिएको छ। स्व पडिण्त अग्निधर तिमिल्सिना, स्व आवाल ब्रह्मचारी भवानीप्रसाद तिमिल्सिना र स्व जयभद्र गोतामे (गौतम) को स्मृति ग्रन्थ प्रकाशन भएको हो।

सिद्ध समाज हर्पन चैनपुर पोखरा कास्कीले प्रकाशन गरेका पुस्तकको संस्थाका सल्लाहकार गंगाधर तिमिल्सिनाले विमोचन गरे। उनले पुस्तकले वषौ पहिले समाजलाई दिएको योगदानको पछिल्लो पुस्ताले थाहा पाउने गरी पुस्तकमा आएको बताए। उनले नयाँ पुस्तालाई समाज सेवा गर्न पुस्तकले प्रेरणा दिने बताए। उनले समाजलाई दिएको शिक्षाले नै अहिले त्यस क्षेत्रको विकासमा योग्दान दिएको बताए।

पुस्तकको समीक्षा गर्दै सस्थाका संस्थापक अध्यक्ष गोपालप्रसाद पौडेल र ठाकुरप्रसाद पराजुलीले समाज विकासमा योगदान दिएका उनीहरूको जस्तै अन्य लुकेका अन्य प्रतिभाको पनि पुस्तक प्रकाशनमा समिति लाग्नु पर्ने बताए।

कार्यक्रममा मेघनाथ पौडेल, नारायणप्रसाद गौतम, यमनाथ तिमिल्सिना, विशेश्वर पराजुली लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए। दुवै पुस्तकको प्रा डा मोतीलाल पराजुली, उपप्रा. विश्वनाथ पौडेल, सह प्राडा यमनाथ तिमिल्सिना, उपप्रा कपिलमणि दाहाल, विश्वेश्वर पराजुली, शिवराज कोइराला, जनकराज पराजुलीले पुस्तकको सम्पादन गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width