पोखरा । नेवाः खलः कचाः पृथ्वीचोकको २१ औं वार्षिक साधारण सभा तथा कास्की जिल्लास्तरीय लाखे नृत्य प्रतियोगिता एवं झोए भ्वयँ–२०८१ को समापन समारोह शनिबार सम्पन्न भयो ।
उक्त समारोहको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले उद्घाटन गरे । उनले आफ्नो संस्कृति बचाउन संस्थाले खेलेको भूमिका सह्रानीय भएको बताए ।
कार्यक्रममा नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखे, मिसाः पुच कास्की अध्यक्ष संगीता बज्राचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लाखे नृत्यका कलाकार तथा सहयोगीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष रेशमबाबु श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष उत्सव मुल्मीले स्वागत तथा लाखेका मूल संयोजक सुरेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गरे । कार्यक्रम सञ्चालन सल्लाहकार गजेन्द्रमान श्रेष्ठले गरेका थिए ।
साधारण सभामा सचिव कृष्णकुमार मुल्मीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद मुल्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१