हेम्जा आवासीयमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
माघ २२, २०८१
hemja school

पोखरा । हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सरस्वती पूजा तथा विद्यालयको २९ औं स्थापना दिवस अवसरमा शैक्षिक सत्र–०८० तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको विद्यालयका संस्थापक निर्देशक माधव शरण पौडेलले जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पोखरा–२५ हेमजाका वडा सदस्य कृष्ण बहादुर कुँवरले विद्यालयले गरेको हरेक गतिविधि उत्कृष्ट रहेको बताए ।

संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले शिक्षाको गुणस्तरलाई ध्यान दिँदै विश्व वजारमा विक्ने शिक्षा विद्यालयले प्रदान गर्ने बताए । शिक्षक अभिभावक संघका सदस्य प्रकाशचन्द्र पौडेलले विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यस्ता कार्यक्रम कोशेढुंगा सावित हुने बताए ।

कार्यक्रममा एन प्याव्सन कास्कीको स्थापना दिवस अवसरमा दीर्घसेवा पदकबाट सम्मानित भएका शिक्षक स्थानेश्वर अधिकारी, शारदा अधिकारी पौडेल, देवु गौतम नायराणी बस्नेत र विष्णुबहादुर कुँवरलाई सम्मान गरिएको थियो ।

विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकेडेमिक डिन विमल भण्डारी, अतिरिक्त क्रियाकलाप प्रमुख नारायणी बस्नेत, शिक्षक प्रतीक्षा सुवेदी र विद्यार्थी आयुश्ना परियारले बोलेका थिए । सो अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width