पोखरा । नेकपा (एमाले) वडा कमिटी पोखरा–१९ को नवनिर्वाचित कमिटीको पदस्थापन भएको छ । कमिटीको दोस्रो वडा अधिवेशनबाट कोमलप्रसाद बास्तोलाको अध्यक्षतामा निर्वाचित नयाँ कमिटीको सोमबार शपथ ग्रहण तथा पदस्थापन भएको हो।
वडा इन्चार्ज तथा अध्यक्षमण्डलका अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिट्ब्यूरो सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रम संचालन अध्यक्ष मण्डलका सदस्य माधव बास्तोलाले गरेका थिए।
नवनिर्वाचित अध्यक्ष बास्तोलाले सबैलाई मिलाएर पार्टीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
गत २ माघको निर्वाचन प्रक्रियाबमोजिम ४० सदस्यीय नयाँ कमिटी निर्वाचित भएको नवनिर्वाचित सदस्य नवराज बास्तोलाले जानकारी दिए।
जसअनुसार कमिटी उपाध्यक्षमा गीता भण्डारी, सचिवमा विकासकुमार आचार्य, उपसचिवमा नवराज केसी र राजकुमार गहतराज छन्।
सदस्यमा नवराज बास्तोला, शिवप्रसाद आचार्य, शिवराज पौडेल, हरि थापा, डोलराज अधिकारी, ईश्वरीप्रसाद गौतम, प्रकाश आचार्य, पोषराज पौडेल, दामोदर पौडेल, रमेश पौडेल, शिवबहादुर केसी, गणेशप्रसाद बास्तोला, रामजी तिवारी, विष्णुप्रसाद गौतम ‘कमल’, अशोक अधिकारी, दानबहादुर भुजेल, भैरव पौडेल, प्रेमबहादुर भुजेल र सुवास भुजेल छन्।
जनजातितर्फ अमृत गुरुङ र हेममाया तामाङ, उत्पीडिततर्फ कल्पना सुनार र शिवबहादुर सुनार, महिलातर्फ रीता काफ्ले, महालक्ष्मी थापा, सरस्वती बास्तोला, तारा परियार, शोभा भण्डारी, सरस्वती भुजेल, सत्यदेवी वाग्ले, पार्वती काफ्ले, शारदा पौडेल, विष्णुदेवी सि.के. चयन भए।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
hero news full width
मुख्य समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१