लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का

आदर्श समाज सम्वाददाता
माघ २२, २०८१
pat

लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले नवौं स्थापना दिवस अवसरमा आयोजना गरेको पात बजाउने प्रतियोगितामा महिलाले तहल्का मच्चाएका छन् । यो प्रतियागिता सम्भवतः नेपालमै पहिलोपल्ट हो ।

तनहुँ र लमजुङका ३२ जना सहभागीमध्ये महिलामात्र १५ जना थिए । प्रतियोगितामा हिलेबजारका टीकाराम विक पहिलो भए । क्ब्होलासोथार–२, कपुरगाउँकी सुकमाया मिजार दोस्रो, दोर्दी ७, लप्सीबोटकी च्छाकुमारी गुरुले तेस्रो भइन् ।

भानु–३ का अकलविरही गुरुङ र सुन्दरबजारकी मीना गुरुङ सान्त्वना भएको निर्णायक समितिका संयोजक देवराज गुरुङले बताए । उनका अनुसार मूल्यांकनका लागि भाका, प्रस्तुति, सुर र लयलाई आधार मानिएको थियोे ।

दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, पूर्व प्रजिअसमेत रहेका प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारी र प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले पुरस्कार प्रदान गरे । पहिलो हुनेलाई ७, दोस्रोलाई ५, तेस्रोलाई ३, सान्त्वनालाई २ हजार पुरस्कार व्यवस्था थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width