पोखरा विश्वविद्यालयमा कल्चरल फेयर

आदर्श समाज सम्वाददाता
माघ २०, २०८१
Terai Student

पोखरा । श्रीपञ्चमी अवसरमा तराई विद्यार्थी सेवा समाज, पोखरा विश्वविद्यालयले ‘कल्चरल फेयर–२०८१’ आयोजना गरेको छ ।

समाजले उक्त कार्यक्रममार्फत एकता, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य राखेको जनाएको छ । कार्यक्रमको मुख्य आकर्षण अहिलेकी लोकप्रिय गायिका रचना रिमाल हुन् ।

पोखरा विश्वविद्यालय, ढुंगेपाटन परिसरमा २१ माघमा हुने सो कार्यक्रममा पोखराका परम्परागत कलासंस्कृति उजागर गर्दै नाचगान, जातीय भेषभूषा प्रदर्शनी तथा खानाका परिकारसमेत पस्किने कार्यक्रम रहेको मेन्टर अभिषेक झाले जानकारी दिए । सांगीतिक प्रस्तुति र विविध सांस्कृतिक झलक हुने भएकाले उक्त कार्यक्रमलाई पोखरेलीले निकै व्यग्ररुपमा प्रतीक्षा गरिरहेको उनी बताउँछन् ।

सो अवसरमा गायिका रिमालको गायनसाथै अन्य सांस्कृतिक गतिविधिहरू पनि हुने छन् । बिहान १० बजेदेखि सुरु हुने कार्यक्रमका लागि सम्पूर्णलाई निम्तो दिइएको आयोजकको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।…
  • रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२…
  • काटिएका रुखका मुढा जफत

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । कोटीहोमका लागि भन्दै पोखराका वर्षौ पुराना वर, पीपल, शमी जातका रुखहरु काटेर थुपारिएका मुढाहरु पोखरा महानगरपालिकाले जफत गरेको…
  • नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । जन्मदिनमा हुने गरेका फजुल खर्च सामाजिक सेवामा लगाउनेहरु पनि समाजमा उत्तिकै छन् । ८५ वर्षीया एकजना ज्येष्ठ नागरिकले…
  • बालोदयमा इन्टेलेक्ट स्फेयर

    आदर्श समाज सम्वाददाता माघ २३, २०८१
    पोखरा । बालोदय मावि, बिरौटाको ३७ औं स्थापना दिवस अवसरमा दुइदिवसीय बालोदय इन्टेलेक्ट स्फेयर भएको छ । कार्यक्रममा स्टिममा आधारित…

hero news full width