विजयपुर सिंचाइको २४ औं साधारण सभा

आदर्श समाज सम्वाददाता
माघ २०, २०८१
BIJAYPUR HYDRO

लेखनथा । विजयपुर सिंचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।

सभा उद्घाटन गर्दै वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले संघ र प्रदेशले स्थानीय तहसँग समन्वय नगरी काम गर्दा विकास निर्माणको कामले गति पाउन नसकेको बताए ।

संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदले स्थानीय तहसँग समन्वय नगरी आप्mना पार्टी विशेषका कार्यकर्तासँग रायसुझाव लिएर विकास निर्माणका योजना बनाउने गर्दा विकासले जुन गति लिनु पर्ने हो, सो हुन नसकेको गुनासो गरे ।

सिंचाइ जलस्रोत तथा व्यवस्थापन आयोजना कास्कीका इन्जिनियर नरजंग गुरुङले किसानका आवश्यकताअनुसार राज्यले रकम विनियोजन नगर्दा र समय समयमा आउने बाढीपहिरो र भूक्षयका कारण क्षति पुगेका ठाउँमा तत्काल बजेट निकासा नहुदाँ किसानहरु मर्कामा परेको र राष्ट्रिय उत्पादनमा नै कमी आएको बताए ।

विजयपुर सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष ठाकुरप्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा बेगनास सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष पुष्पराज भण्डारी, सेती सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बलराम कँुवर, भगवती हाइड्रो पावरका निर्देशक वसन्तमोहन भट्टराई, संस्थाका पूर्व उपाध्यक्ष डम्बरबहादुर थापा र सम्पूर्ण उपभोक्ता तर्फबाट कृष्णकुमारी शर्मा लगायतले आफनो धारणा राखेका थिए ।

संस्थाका सचिव धर्मदत्त बरालले संचालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रयागराज भण्डारीले धन्यवाद ज्ञापन गरे । स्वागत मन्तव्य उपाध्यक्ष गणेशप्रसाद गुरुङले गरेका थिए ।

व्यावसायिक पाँच जना तरकारी उत्पादक किसानलाई सम्मान गरिएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष इन्द्रबहादुर गुरुङले आर्थिक प्रतिवेदन र सचिव धर्मदत्त बरालले प्रगति विवरण पेस गरे ।

विजयपुर सिंचाइले पोखरा वडा २६, २७, २९ र ३० को कृषियोग्य १२८० हेक्टरमा सिंचाइ सुविधा पु¥याउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width