सामुदायिक सेवा केन्द्रको महत्व उच्च : महानिरीक्षक कुँवर

आदर्श समाज सम्वाददाता
माघ २०, २०८१
police

पोखरा । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सामुदायिक सेवा केन्द्रलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीको १८ औं साधारण सभा तथा १० औं अधिवेशनको उद्घाटन गर्दै उनले सामुदायिकका गतिविधिका कारण नै नेपाल प्रहरीले सामुदायिक केन्द्रलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् । उनले विश्वका विकसित देशले पनि नेपालमा सुरु भएको सामुदायिक केन्द्रको सिको गरेको उदाहरण दिँदै विकृति विसंगति न्यूनीकरणमा सामुदायिक केन्द्रको विकल्प नरहेको बताए ।

नेपाल प्रहरी नेपालका सबै स्थानीय तहमा प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको बताउँदै सो कार्यक्रम प्रभावकारी बनाउन स्थानीय समुदाय, स्थानीय तह अझै बढी जिम्मेवारी हुनुपर्ने उल्लेख गरे ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका संस्थापक अध्यक्ष मंगल नेपालीले सामुदायिकमा काम गर्ने व्यक्ति निःस्वार्थ खटिनुपर्ने बताए ।

यसैबीच, सामुदायिक सेवा केन्द्रका गतिविधि प्रचारप्रसारमा पुर्‍याएको योगदानको कदर गर्दै समाधान दैनिकमा कार्यरत अग्रज पत्रकार श्यामनाथ कुँवर र राष्ट्र न्यूजका प्रकाशचन्द्र सापकोटालाई सम्मान गरियो । सापकोटा आदर्श समाज दैनिकका पूर्व सहसम्पादकसमेत हुन् ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीको १८ औं साधारण सभा तथा १० औं अधिवेशन

कार्यक्रममा संस्थाले प्रकाशन गरेको ‘३१ औं सामुदायिक सन्देश बुलेटिन’ पनि विमोचित भयो ।

कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकायले कास्कीमा रहेका सामुदायिक केन्द्रले गरेका गतिविधिबारे जानकारी गराएका थिए ।

कार्यक्रमा मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, पोखरा १४ का वडाध्यक्ष समेत रहेका सामुदायिकका निवर्तमान अध्यक्ष बोधराज कार्की, पोखरा २५ का वडा अध्यक्ष एवं महानगर प्रवत्ताm मोतीलाल तिम्सिना, संस्थाका सल्लाहकार तथा वडा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका प्रथम उपाध्यक्ष मनपति भण्डारी, सामुदायिक लेखनाथकी अध्यक्ष गंगा खनालले बोलेका थिए ।

संस्थाका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाईले स्वागत र महासचिव घनश्याम तिम्सिनाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width