पोखरा । पर्वत भँगरा पोखरा सम्पर्क समाजले फलेवास ९ को वडा कार्यालय भंगरा काउलेमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
दुर्गम स्वास्थ्य सेवा केन्द्र नेपाल र गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको शिविरमा छिमेकी वडासहितका २ सय ५० जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए । बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको सम्पर्क समाजका अध्यक्ष खड्कबहादुर पौडेलले जानकारी गराए । उनका अनुसार निःशुल्क स्वास्थ्य शिविर योसहित तेस्रोपटक हो ।
शिविरमा जनरल फिजिसियन, दन्तरोग, स्त्रीरोगसम्बन्धी उपचार गरिएको थियो । गण्डकी मेडिकल कलेजका दक्ष डाक्टर तथा प्राविधिकले परीक्षण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष हितमान गुरुङ, समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ, कार्यक्रम संयोजक तथा निवर्तमान अध्यक्ष नवीन क्षेत्री, सल्लाहाकार ओमबहादुर पौडेल क्षेत्री, महाशिला गाउँपालिका वडा ६ का वडा अध्यक्ष गोविन्दबहादुर बिक दुर्गम स्वास्थ्य सेवा नेपालका को–अर्डिनेटर धर्मराज खड्कालगायतले धारणा राखेका थिए ।
समाजका अध्यक्ष खड्कबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवबहादुर पौडेल क्षत्रीले स्वागत मन्तव्य र सचिव अग्निप्रसाद भुसालले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१