उद्यम सिकाउँदै सकियो मेला

आदर्श समाज सम्वाददाता
माघ २०, २०८१
mela.

पोखरा । पोखरा उद्योग वाणिज्य संघ आयोजनामा ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव शनिबार समापन भएको छ ।

क्यान कास्कीले आयोजना गर्दै आएको क्यान इन्फोटेकको १२ औं संस्करण र मोबाइल वितरक संघले आयोजना गर्दै आएको मोबाइल मेलाको चौंथो संस्करण पनि सोही मेला अवसरमा भएको थियो ।

गत १० माघदेखि पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा संचालन भएको मेला निर्धारित मितिभन्दा २ दिन थप गरिएको थियो ।

आयोजक संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार यो मेला नाफा आर्जन गर्ने हिसाबले नभई उद्यमशीलता विकासका निम्ति आयोजना गरिएको थियो । उनले यो पटकको मेलालाई फरक शैलीले आयोजना गरिएको पनि बताए । ‘हामीले योपटकको मेलामा साँच्चै फरक गर्न खोज्यौँ । मेलालाई सूचना प्रविधि सिक्ने थलो बनायौं । योपटकको मेला सूचना प्रविधिबारे जानकारी पस्कने, टक शो माध्यमबाट उद्यमशीलता विकास, रोजगारी सिर्जनाबारे मन्थन गर्ने, सूचना प्रविधिसँग मान्छेलाई जोड्ने तथा आधुनिक जीवनको अपरिहार्य शर्त बनेको मोबाइल र त्यसका सामानको प्रदर्शन गर्ने थलो बन्यो,’ उनले भने ।

मेलाबाट देशका सातवटै प्रदेशका उत्पादन, खाना एवं संस्कृतिको प्रदर्शन गर्ने प्रयत्न सुरुवात गरिएको पनि उनको भनाइ छ । संघका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेलामा सघाउनेलाई धन्यवाद ज्ञापन गर्दै उद्यमशीलता विकास तथा व्यवसायीको हितका लागि संघ निरन्तर क्रियाशील रहने बताए ।

मेलाको संरक्षक नेपाल उद्योग वािणज्य तथा महासंघ गण्डकी प्रदेश संरक्षक थियो भने गण्डकी प्रदेश सरकार, पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका थिए । ‘लगानीको सम्वद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूलनाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोबाइल बिवरक संघ गण्डकी र सिएसआइटी एसोसिएसनसँग सहकार्य गरेको संघ महासचिव शोभा गौतमले बताइन् ।

यस्तै, संघका प्रचार संयोजक मनोहरि पौडेलले मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूतावास, स्वामी विवेकानन्द कल्चरल सेन्टर, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको बताए ।

मेलाको मुख्य प्रायोजन बाल्ट्रा होम एप्लाइन्सेसले गरेको थियो । सहप्रायोजकमा समृद्धि स्टिल्स, लक्ष्मी इन्टरकन्टिनेण्टल (हुण्डाइ), सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक थिए ।

१० दिनसम्म चलेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width