बाघमारा सहकारीको क्षमता अभिवृद्धि तालिम

आदर्श समाज सम्वाददाता
माघ २०, २०८१
14da8a5f-283f-48ee-8ae9-e9a3f849ae78

पोखर । बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लि. पोखरा ३३, भगवतीचौताराद्वारा पर्यटकीय क्षेत्र धम्पुसमा अर्धवार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भयो ।

२ दिवसीय उक्त कार्यक्रममा संस्थाको आ.व. २०८१/०८२ अर्धवार्षिक समीक्षा, भावी रणनीतिसमेत तय गरिएको संस्थाका संस्थापक अध्यक्ष डिल्लीराम बरालले बताए ।

उद्घाटन सत्रमा संस्थाका संस्थापक अध्यक्ष बरालसहित सल्लाहकार शिवप्रसाद आचार्य, केशवप्रसाद आचार्य, हेमबहादुर थापा, पराजुली किरण, नन्दलाल काफ्ले, ऋण उपसमिति संयोजक मनोज कार्की, लेखा समिति संयोजक श्रीधर गिरी र संस्थाका व्यवस्थापक लक्ष्मी अधिकारी लामिछानेलगायतले संस्थाले गरेका आर्थिक, सामजिक र वित्तीय उपलब्धिबारे धारणा राख्दै सहकारीको माध्यमबाट सामाजिक तथा दिगो आर्थिक रुपान्तरणमा लाग्न सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

तालिममा संस्थाका संचालक समिति, लेखा समिति, ऋण उपसमिति र शिक्षा उपसमिति एवं सल्लाहकार र कर्मचारीहरुलाई प्रशिक्षकरुपमा जिल्ला बचत संघ कास्कीका पूर्व अध्यक्ष सुदीप ढकालले सहजीकरण गरेका थिए ।

संस्थाका अध्यक्ष तुलसीमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षा उपसमिति संयोजक अर्जुन अधिकारीले गरेका थिए ।

तालिममा ४० जनाले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width