पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन

आदर्श समाज सम्वाददाता
माघ १९, २०८१
DANCE

पोखरा । तरेली सांस्कृतिक परिवार आयोजनामा गण्डकीको पहिचानरुपमा रहेका लोपोन्मुख नृत्य प्रदर्शन सुरु भएको छ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा सञ्चालन भएको प्रदर्शन २५ माघसम्म दैनिक दिउँसो १–३ बजेसम्म चल्नेछ । ५० भन्दा बढी कलाकारले यो कार्यक्रममार्फत नृत्य प्रदर्शन गर्ने परिवारका सचिव रविन गुरुङले बताए । विभिन्न जातजातिको लोप भएर जान लागेका गीत र नृत्यको संरक्षणका लागि यस्तो कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले यस्ता लोपोन्मुख संस्कृति जगेर्ना गर्दै नयाँपुस्तालाई थप जिम्मेवार बनाउने चाहना आफूहरूको रहेको सुनाए । उनले गण्डकी प्रज्ञा–प्रतिष्ठानले ऐतिहासिक कर्म गरिरहेको उनको भनाइ थियो ।

तरेली सांस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, उपकुलपति गोरे गुरुङ र सदस्यसचिव मनकुमार श्रेष्ठलगायत बोलेका थिए ।

कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, डा.बुद्धिमान श्रेष्ठ, ताराबहादुर श्रेष्ठ, पुरन श्रेष्ठ, दिलीप न्यौपाने, प्राज्ञ कृष्णप्रसाद पौडेल, डिलकुमारी पौडेल, संगीता श्रेष्ठसहित विभिन्न वाङ्गमयिक संस्थाका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए । गण्डकीमा आफ्ना संस्कृति जुन लोप हुने अवस्थामा छन्, त्यसबारे अनुसन्धान गरिएको थियो । सोही अनुसन्धान आधारमा सामग्री तयार गरेका १५ नृत्य प्रदर्शन गर्न लागिएको प्रतिष्ठान सदस्यसचिव श्रेष्ठले बताए।

कार्यक्रममा प्रतिष्ठान र पोखरा महानगरपालिकाले सहकार्य गरेका छन् । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश प्रवद्र्धक हो ।

Related News

सम्बन्धित समाचार

hero news full width