पाल्पाली सहकारीमा २७ नयाँ सदस्यको स्वागत

आदर्श समाज सम्वाददाता
माघ १९, २०८१
97c8f87d-47b4-428b-9415-c7d4dc8f436c (1)

पोखरा। आर्थिक मन्दीका कारण कतिपय सहकारी संकटमा रहँदा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भने २७ नयाँ शेयर सदस्यको स्वागत गरेको छ ।

पोखरा न्यूरोडस्थित पाल्पा हाउसस्थित संस्थाको कार्यालयमा शनिबार आयोजित समारोहमा उनीहरुलाई स्वागत गरिएको हो । संस्थाका सल्लाहकार जगदीश गाैतम, अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियार, समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, सहकारीका शिक्षा समिति संयोजक पदमप्रसाद पोखरेल लगायतले उनीहरुलाई टीका, खादा लगाएर स्वागत गरेका हुन् ।

पाल्पा जिल्ला मूल घर भई हाल पोखरामा बसोबास गरिरहेका पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज पोखराको पहलमा ५ वर्षअघि कल्याणकारी कोषको रुपमा स्थापना भएकोमा हाल बहुउद्देश्यीय सहकारी नामबाट सहकारी संचालित छ । संस्थामा हाल ५ सय भन्दा बढी शेयर सदस्य छन् । संस्थाले सवा ३ करोड लगानी गरेको छ भने मौज्दात १ करोड ५२ लाख रहेको जनाएको छ । सहकारीका सबै सूचकहरु राम्रो रहेको सहकारीको दाबी छ।

यसैबीच, संस्थाले कर्मचारी, सल्लाहकार, संचालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमितिका सदस्यको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरेको छ । पाल्पाली समाजका पूर्व अध्यक्ष एवं सहकारीका सल्लाहकार जगदीश गाैतमले प्रशिक्षण दिएका थिए ।

संस्थाका सचिव रेशम रचकले व्यवसायमा सफल हुन सेवा, बस्तु र मूल्यमा गुणस्तर कायम पहिलो प्राथमिकता हो भने ।

सचिव रचकले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष बाबुराम खनाल र धन्यवाद ज्ञापन कार्यक्रम संयोजक एवं सहकारीका शिक्षा समिति संयोजक पदमप्रसाद पोखरेलले गरेका थिए । कार्यक्रममा करिब ३० जनाले भाग लिएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width