पोखरा । गण्डकी प्रदेशस्तरीय चौंथो जुनियर तथा युवा रेडक्रस शिविर ‘१९ बुँदे आर्वा घोषणापत्र’ जारी गर्दै शुक्रबार सम्पन्न भएको छ ।
नेपाल युवा रेडक्रस सर्कल रतनपाण्डे मावि, पोखरा, आर्वामा ३ दिनसम्म चलेको गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए ।
पोखराका मेयर धनराज आचार्यले गोष्ठी समापन गर्दै सामाजिक सेवामा युवाको सहभागिता बढाउन रेडक्रसजस्ता विश्वव्यापी सञ्जाल भएका अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताए । जुनियर तथा युवा विद्यार्थीलाई यसप्रकारका सेवामूलक कार्यमा निःस्वार्थ र प्रतिबद्धताका साथ लाग्न उनले आग्रहसमेत गरे ।
कार्यक्रममा प्रदेशभरका जुनियर तथा युवा रेडक्रस सर्कलबाट १४७ जनाको प्रतिनिधिमूलक सहभागिता थियो । गोष्ठी प्रशिक्षकमा नेरेसो गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकाल, महासचिव रामदत्त पौडेल, सुमित्रा न्यौपाने, तीर्थराज तिवारी, रमेशराज भण्डारी, प्रिन्सी काफ्ले, सुशीला कार्की, सिजन आचार्य र मोहनसिंह खड्कालगायतले सहजीकरण गरे ।
गोष्ठीले आर्वा घोषणापत्र जारी गर्दै जुनियर तथा युवा रेडक्रसका स्वयंमसेवक सबलीकरण तथा सशक्तीकरणमा जोड दिँदै आगामी एक वर्षका लागि नीति तथा कार्यक्रमसमेत पारित गरेको नेपाल युवा रेडक्रस रतनपाण्डे मावि संरक्षक डिल्लीराम बरालले बताए ।
कार्यक्रममा सहभागीतर्फबाट आदिकवि भानुभक्त क्याम्पसका युवा रेडक्रस सर्कल सचिव मौसमी थापा, शिक्षकनायकतर्फबाट गोर्खा जिल्लाबाट शिक्षकनायक रामचन्द्र अधिकारी, सहयोगीदाता, संघसंस्थातर्फबाट पोखरा हङकङ बजार व्यवस्थापन समिति सचिव दिनेश आचार्य, गण्डकी प्रदेश जुनियर युवा रेडक्रस संयोजक तीर्थराज तिवारी, नेरेसो कास्की शाखा सभापति डण्डराज शर्मा, नेरेसो गण्डकी प्रदेश सभापति सूर्यप्रसाद ढकाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शरदचन्द्र बराल, विद्यालय प्रअ डिल्लीराम बराल, शिक्षकनायक राधादेवी बराल, कार्यक्रम संयोजक शिक्षकनायक धर्मेश जयसवालले यस्ता कार्यक्रमले जुनियर तथा युवाहरुको क्षमता अभिवृद्धि, सकारात्मक समूह निर्माण, प्रभावकारी संचार सीप, नेतृत्व तथा व्यक्तिव विकासमा टेवा पुग्ने बताए ।
सर्कल अध्यक्ष कृपा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेरेसो कास्की, जुनियर तथा युवा रेडक्रस समिति संयोजक रमेशराज भण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१