पोखरा । पोखरामा शनिबारका लागि अन्तिम तयारी गरिएको तारादेवी–अरुणा लामा स्मृति स्रष्टा साँझ स्थगित भएको छ ।
स्वरसाम्राज्ञी तारादेवी र अरुणा लामाको स्मृति दिवस सन्दर्भमा पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम संयुक्त आयोजनामा हुन लागेको सो कार्यक्रमका गिटारिष्ट सञ्जीव पालको निधनको शोकमा स्थगित गरिएको हो । पालको शुक्रबार दिउँसो हृदयघातका कारण निधन भएको हो । घरमा आराम गरिरहेका बेला उनलाई एक्कासि ह्रदयघात भएपछि तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो । उनको उपचार क्रममा निधन भएको परिवारजनले जनाएको छ ।
स्व.सञ्जीव पाल ।
पालको निधनमा शोक व्यक्त गर्दै अरुणा लामा–तारादेवी स्मृति स्रष्टा साँझका संयोजक दीपेन्द्र श्रेष्ठले हाल कार्यक्रम स्थगित गरिएको बताए । उनले भने, ‘कार्यक्रमको तयारी पूरा भएको थियो तर उहाँ (गिटारिष्ट पाल) को निधनको शोकमा साँझ स्थगित गरेका छौं । अर्को मिति छिट्टै घोषणा गर्नेछौं ।’
स्वरसाम्राज्ञी तारादेवी र अरुणा लामाको स्मृति दिवस सन्दर्भमा माघ तेस्रो शनिबार हुँदै आएको सो साँझ यसपालि तेस्रो संस्करण हो । तारादेवीको माघ १० र अरुणा लामाको माघ २२ गते स्मृति दिवस पर्छ । कार्यक्रम पोखरा इभेन्ट सेन्टरमा शनिबार साँझका लागि तय गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१