पोखरा । मदरल्याण्ड मावि, पोखरामा शुक्रबारदेखि ३० औं बृहत् सांस्कृतिक दिवस सुरु भएको छ । ३ दिनसम्म चल्ने सा कार्यक्रममा सिर्जनात्मक कला प्रदर्शनी तथा सम्मानलगायत कार्यक्रम गरिनेछ ।
विद्यार्थीका अन्तरनिहीत क्षमता प्रस्फुटन गर्ने उद्देश्यले विद्यालयले वार्षिकरुपमा उक्त कार्यक्रम आयोजना गर्दै आएको प्राचार्य डा. नारायण बरालले बताए । उनका अनुसार पहिलो दिन शुक्रबार नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरियो । उनीहरुले नृत्य, नाटक, गीत , भजन प्रस्तुत गरेका थिए । दोस्रो दिन ४ देखि ८ कक्षा र तेस्रो दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले सांस्कृतिक कार्यक्रममा आफ्नो कला पस्किने छन् ।
पोखरा–७, मासबारस्थित विद्यालय पसिरमा आयोजित समारोह उद्घाटन गर्दै वडाध्यक्ष राममोहन आचार्यले अभिभावकले छोराछोरीका लागि पर्याप्त समय दिन छाड्दा बालबालिकाको सिकाइ प्रभावित हुन थालेको बताए । ‘अभिभावक व्यस्त हुँदा अहिले बालबालिकाले परिवारका सदस्यसँग घुलमिल हुन पाएका छैनन्, त्यसैले अभिभावक जति नै व्यस्त भए पनि केही समय छोराछोरीका लागि उपलब्ध गराउनुपर्छ,’ उनले सुझाव दिए । छोराछोरीको भविश्यका निम्ति दौडधूप गर्ने अभिभावकले उनैका लागि समय दिन नसक्दा समस्या आउने भन्दै सचेत रहन आग्रह गरे ।
प्राचार्य डा. बरालले विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी उनीहरुको आत्मविश्वास र क्षमता बाहिर देखाउन यसप्रकारका कार्यक्रम जरुरी रहेको बताए । उनले भने, ‘स्टेजमा कार्यक्रम पस्किँदा एक किसिमको सिकाइ विद्यार्थीमा देखिनेछ, त्यो सिकाइ अर्काे विद्यार्थीले उपयोग गर्नेछ ।’ उनले योग्य नागरिक बनाउन विद्यालय हरदम प्रयासरत् रहेको जनाए ।
कार्यक्रम संयोजक वीनित छन्त्यालले सबै तहका विद्यार्थीलाई कुनै न कुनै कार्यक्रममा सहभागी गराउने गरी सांस्कृतिक कार्यक्रम आयोजना गरेको बताए । यस अवधिमा विद्यालयमा सिर्जनात्मक कला प्रदर्शनी पनि राखिएको छ ।
त्यस्तै, विद्यार्थीका लागि भजन, योगानृत्य, नाटक, नृत्य, कला प्रदर्शनीलगायत कार्यक्रम राखिएको छ । प्रदर्शनीमा राखिएको कला विद्यार्थी आफैँले कोरेका छन् ।
उद्घाटन समारोहमा मदरल्याण्डका पूर्व विद्यार्थीद्वय अर्जुन गौतम र टिसन विश्वकर्मालाई सम्मान गरिएको थियो ।
समारोहमा पोखरा ७ का वडा सदस्यहरु बसुन्धरा लामिछाने, सुनिता जिसी सुनार, अर्जुन थापा, पूर्व वडाध्यक्ष रामचन्द्र बराल, नागरिक अधिकारकर्मी रामबहादुर पौडेल, ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका सिडिइ लक्ष्मीप्रसाद भण्डारी, विद्यालय निर्देशक त्रिभुवन शर्मा, छिमेकी विद्यालयका प्राचार्यसहित विद्यालयका विद्यार्थी एवं अभिभावकको उपस्थिति थियो ।
कार्यक्रम संचालन प्राथमिक तहका इन्चार्ज केशु शर्माले गरेकी थिइन् । विद्यार्थीको तर्फबाट स्वागत कक्षा ३ का विद्यार्थी प्रनीकभूषण पराजुली र सानुजा पुनले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
hero news full width
मुख्य समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१