नयाँबजारको मेला लम्बियो

आदर्श समाज सम्वाददाता
माघ १८, २०८१
Mela

पोखरा । नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव, १२ औं क्यान इन्फोटेक तथा चौंथो मोबाइल मेलामा दर्शकको उत्साहजनक सहभागिता बढेपछि २ दिन लम्बिएको छ ।

महोत्सव संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीका अनुसार १० माघदेखि सुरु मेला १९ गते भव्यरुपमा समापन गरिनेछ । दर्शकको बाक्लो उपस्थितिसँगै महोत्सवस्थलमा राखिएको स्टलसमेत उल्लेख्य कारोबार भएको महोत्सवका स्टल बिक्री संयोजक टीकाराम सुवेदी ‘माधव’ले जानकारी दिए । महोत्सवमा विशेषगरी मोवाइल, कम्प्युटर, अटो, हस्तकला, घरायसी सामाग्री, लत्ता कपडा, शृङ्गारका सामग्री, कृषिका सामग्रीसँगै तरकारी लगायतका सामाग्रीको ब्यापार बढेको सुवेदीले बताए ।

सातौं दिन लोकदोहोरी कलाकार चोलेन्द्र पौडेल, शिव हमाल, पार्वती जिसी, कृष्ण भट्टराई, रमा गौतम, केशव घिमिरे लगायतको प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिए । अब भारतको राजस्थानको लोकनृत्यको साथमा कलाकार चोलेन्द्र पौडेल, ज्योति लोहनी, रामजी पौडेल मञ्जु विक, अमर धिताल लगायतको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए ।

मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल तथा १० जनालाई बन्दीपुर केवलकारको टिकट उपहार दिइने व्यवस्था मिलाइएको छ । टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्ने प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जनाए ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार, पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width