पोखरा । करुणानिधि एजुकेशन फाउण्डेशन (केफ) मावि, पोखरा–१ को ३१ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भयो । अभिभावक दिवससहित उक्त कार्यक्रममा चित्रकला तथा हस्तकला प्रदर्शनी, पुरस्कार वितरण, सम्मान तथा विविध साँस्कृतिक प्रस्तुति रहेको थियो ।
समारोहमा शिक्षासेवी तथा समाजसेवी महेश्वर पौडेल र वरिष्ठ लोकगायक जीवन दाहाललाई सम्मान गरियो । यसैगरी, शिक्षकशिक्षिका तथा उत्कृष्ट छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो ।
प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले विद्यालयको रचनात्मक प्रस्तुति रहेको र नयाँ ढंगले अगाडि बढेको उल्लेख गरे । बालबालिकालाई ज्ञानी र सिल्पी बनाउन आवश्यक भएको र उत्पादित जनशक्ति स्वदेशमै रहेर काम गर्न सक्ने बनाउन सरकारले शिक्षा ऐन ल्याउन लागेको जानकारी दिए ।
पोखरा–१ का वडा अध्यक्ष साहारा प्रधानले शिक्षाको गुणस्तर बढाउन विद्यालय लागिपरेको र प्रगति पनि गरिरहेको उल्लेख गरे ।
सम्मानित कलाकार जीवन दाहालले प्रतिष्ठित शैक्षिक संस्थाबाट सम्मान पाउँदा गौरव लागेको बताए । सो क्रममा उनले गायन प्रस्तुति पनि राखेका थिए ।
पूर्व विद्यार्थी मञ्चका महासविच प्रशान्त थापाले प्राविधिक शिक्षामा जोड दिन आग्रह गरे ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य डिल्लीराम अधिकारीले विद्यालयमा १४२५ जना विद्यार्थी रहेको विभिन्न संस्थाले आयोजना गरेका ४३ वटा प्रतियोगिताहरुमा विद्यालयका छात्रछात्रा पुरस्कृत भएको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थी सृष्टि क्षत्रीले स्वागत तथा शिक्षक अभिभावक संघका अध्यक्ष बसन्त बास्तोलाले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रम संचालन सहायक प्राचार्य भानुभक्त पोखरेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१