लायन्सको शिविरमा ५ सय जनाले लिए स्वास्थ्यलाभ

आदर्श समाज सम्वाददाता
माघ १७, २०८१
IMG-20250130-WA0003

पोखरा । लायन्स क्लबले पोखरा–१४ स्थित ज्ञानकुञ्च सेकेण्डरी स्कुलमा बृहत् स्वास्थ्य शिविर आयोजना गरेको छ ।

लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ एम, नेपाल क्लस्टर–२ रिजन–५ जोन–९ आयोजनामा भएको शिविरमा स्थानीय ५ सय जनाले स्वास्थ्य लाभ लिए । शिविरमा जाँखा, रक्तचाप, मधुमेह, दाँत, फोक्सोसमेतको जनरल फिजिसियनसहित टोलीले चेकजाँच गरेको हो ।

डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता पोखरा गोल्डेन भिलेजका अध्यक्ष हरिप्रसाद सापकोटाले गरेका थिए । कार्यक्रममा स्वागत विद्यालय प्राचार्य रामचन्द्र सुवेदी, सञ्चालन पोखरा ग्रिन वेभ अध्यक्ष सरस्वती पुरी र धन्यवाद ज्ञापन जोन–९ जोन चेयरपर्सन दुर्गाप्रसाद शर्मा पनेरूले गरेका थिए । पोखरा गतिशील अध्यक्ष महावीर थापाले मन्तव्यसहित कार्यक्रम समापन गरे ।

शिविरका लागि हिमालय आँखा अस्पताल, सम्वृद्धि डेन्टल, पोखरा हस्पिटल, नरहरि पोली क्लिनिक, स्वास्थ्यकर्मीलगायतको प्राविधिक सहयोग रहेको थियो । सो अवसरमा जिएमटी को–अर्डिनेटर अशोक गोशली, रिजन चेयरपर्सन नवराज अधिकारी, चारवटै लायन्स क्लबका अध्यक्ष, पदाधिकारी एवं सदस्यको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width