पोखरा । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहित पहिलोपटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली अग्रज पत्रकारले प्रतिबद्धता जनाएका छन् ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार आयोजना छलफलमा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
सो अवसरमा कास्की पत्रकार महासंघका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, अग्रज पत्रकार गंगाधर पराजुली, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष दीननाथ बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्मा आचार्य, नेपाल पत्रकार महासंघ गण्डकीका कार्यसमिति सदस्य विजय नेपाललगायतले पोखराको गौरवको रुपमा स्थापित म्याराथन सफल बनाउन सबैको उत्तिकै सहकार्य आवश्यक रहने बताए ।
उनीहरुले पोखरा म्याराथनले यहाँको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउँदै पर्यटनसँगै विश्वमा बढ्दै गएको वातावरण प्रदूषणको विषय जोड्न तथा आमा समूह र विभिन्न संघसंस्थाहरुलाई समेत सो अभियानमा जोड्नुपर्नेमा जोड दिए । बृहत् ट्रष्टको स्थापना गर्न सके प्रतियोगिताले अझै मूर्तरुपमा पाउनेमा सहज हुने धारणा राखे ।
मञ्च अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रेसका डाइरेक्टर एवं मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरूङले मञ्चले म्याराथनसहित सुरू गरेको अभियानमा साथ दिन पोखरेली पत्रकारलाई आग्रह गरे ।
कार्यक्रममा अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला, बद्रीविनोद प्रतीक, राजबहादुर गुरूङ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एमबी आस्था, मञ्च गण्डकीका निवर्तमान उपाध्यक्ष सुरज श्रेष्ठ, पूर्व उपाध्यक्ष रञ्जन अधिकारी, पत्रकार दीपक के. श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रम संचालन आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका महासचिव केशव पाठकले गरेका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजक सुजल डेरीको उत्पादन सफल दूध हो ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
hero news full width
मुख्य समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१