लिटिल स्टेप १२ औं ह्याण्डबल टुर्नामेन्ट

आदर्श समाज सम्वाददाता
माघ १७, २०८१
Little step

पोखरा । लिटिल स्टेप माध्यमिक विद्यालय, पोखराले ४२ औं वार्षिकोत्सव अवसरमा १२औं संस्करणको अन्तरविद्यालयस्तरीय लिटिल स्टेप ह्याण्डबल टुर्नामेन्ट सम्पन्न गरेको छ ।

कुल ३४ टिम (छात्रतर्फ २१ र छात्रातर्फ १३) मध्ये छात्रमा अल्फा बोर्डिङ प्रथम भयो । छात्रातर्फ हिमालयन बोर्डिङ प्रथम भयो । उनीहरुले नगद ८ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

छात्र–छात्रा दुवैतर्फ आयोजक लिटिल स्टेप दोस्रो भयो । उसले ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

सेमिफाइनलमा पराजित दुवै टिमले तृतीय स्थानको पुरस्कार पाए । छात्रतर्फ माउण्ट अन्नपूर्ण र पोखरा एकेडेमीलाई तथा छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल र माउण्ट अन्नपूर्णलाई नगद ६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरियो ।

त्यसैगरी, सर्वाधिक गोलकर्तामा छात्रतर्फ अल्फाका विश्वास केसी र छात्रातर्फ लिटिल स्टेपकी एलिना गुरुङ भइन् । फेयर प्लेमा छात्रतर्फ विन्ध्येश्वरी आदर्श बोर्डिङ र छात्रातर्फ सृजना मावि बन्यो ।

उत्कृष्ट खेलाडी पुरस्कार छात्रतर्फ अल्फाका विपीन छन्त्याल र छात्रातर्फ हिमालय बोर्डिङकी सुनसुभ थापामगर भए । उत्कृष्ट गोलरक्षकमा छात्रतर्फ लिटिल स्टेपका देवबहादुर मगर र छात्रातर्फ हिमालय बोर्डिङकी वर्षा सुनार बने । उनीहरु सबैले जनही १ हजार पुरस्कार प्राप्त गरेका छन् ।

१६–१७ माघसम्म विद्यालय परिसरमा भएको सो प्रतियोगताको सांयेजन पोखरा लिङ्कन इन्टरनेशनल कलेजले गरेको थियो । बालबालिकालाई सानैदेखि खेलकुद सिप विकास गर्ने उद्देश्यले सो प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थीले भाग लिएका हुन् ।

प्रमुख अतिथि सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दोर्जेकुमार राईले बालबालिकालाई लक्षित गरी यस्तो टुर्नामेन्ट आयोजना गरेकोमा आयोजक विद्यालयको प्रशंसा गरे ।

विद्यालय संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले १२ औं संस्करणसम्म टुर्नामेन्ट सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै टुर्नामेन्टले भविष्यमा पनि निरन्तरता पाउने अपेक्षा गरे । समारोहमा स्वागत मन्तव्य विद्यालयका संस्थापक प्राचार्य पम्फा गुरुङले गरेकी थिइन्।

विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन गणित विभाग प्रमुख चित्रबहादुर अधिकारीले गरेका थिए । सो अवसरमा अफिसियल टिमलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width