हिसानको फुटसल सुरु

आदर्श समाज सम्वाददाता
माघ १७, २०८१
hissan

पोखरा । हिसान गण्डकी आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट सुरु भएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँले गरे ।

हिसान गण्डकी अध्यक्ष डा. रामजी शर्माले कास्की छनोटमा ३१ विद्यालयले भाग लिएकामा १० टिम छनोट हुने बताए । तीमध्ये कास्कीका १० टिम छन् ।

साविक विजेता त्रिवेणी पब्लिक सेकेन्डरी लेखनाथले ज्ञानसागर एकेडेमी हेम्जालाई ४–१ को गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको छ । यस्तै, उद्घाटन खेलमा मदरल्याण्डले सृजना सेकेन्डरीलाई ३–२ ले हरायो । प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले भाग लिएका छन् । प्रतियोगिता व्यवस्थापन सविन मेमोरियल फुटबल क्लबले गरेको छ ।

विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले जानकारी दिए । कास्की छनोट १९ माघसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • ब्ल्याक बुल्स् सेमिफाइनलमा

    आदर्श समाज सम्वाददाता माघ २९, २०८१
    पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहारार पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक रह्यो ।…
  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको…

hero news full width