पोखरा । पोखरा–११, फूलबारीस्थित शिव शक्ति माध्यमिक विद्यालयले ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । २०१६ माघ १६ गते स्थापित भएको यो विद्यालय पोखराको पुरानोमध्ये एक विद्यालय हो ।
विद्यालय परिसरमा बुधबार आयोजित समारोहको उद्घाटन वडाध्यक्ष प्रेमप्रसाद कर्माचारीले गरे । उनले गुणस्तरीय तथा सीपमूलक शिक्षा आज आवश्यकता भएको उल्लेख गर्दै विद्यालयको सर्वाङ्गीण विकासका लागि वडाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सामुदायिक विद्यालय व्यवस्थापन महासंघ नेपालका उपाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदर बास्तोलाको अध्यक्षतामा भएको समारोहमा विभिन्न नाममा स्थापित अक्षयकोषबाट करिब २ लाख बराबरको छात्रवृति तथा पुरस्कार वितरण गरिएको विद्यालयका सूचना अधिकारी एवं शिक्षक प्रकाश पौडेलले जानकारी दिए । विद्यार्थीलाई प्रोत्साहनका लागि २८ बढी अक्षयकोष संचालित छन् ।
विद्यालय प्रधानाध्यापक शम्भुराज बास्तोलाले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०४८ सालमा विद्यालय प्रवेश गरेका उनी २०५६ सालदेखि प्रअ छन् । आगामी वर्ष आफू उमेर हदका कारण बिदाइ हुने उल्लेख गर्दै उनले कृषक, स्थानीय, व्यापारीको सक्रियतामा बालशिक्षा निकेतन नाममा स्थापना भएको विद्यालय अहिले यो स्थानमा आइपुग्नुमा सबैको साथ र सहयोग रहेकोमा आभार व्यक्त गरे ।
समारोहमा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता एवं समाजसेवी माधवप्रसाद बास्तोला ‘मधु’, शिव शक्ति क्याम्पसका अध्यक्ष टुवराज बास्तोला ‘विशाल’, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष निर्मलप्रसाद कर्माचार्य, लक्ष्मी मावि पोखरा–२६ का प्रअ जगन्नाथ अधिकारी, अक्षयकोष दातातर्फबाट रवीन्द्रनाथ बास्तोला, किरण केसी, शिक्षक–अभिभावक संघ अध्यक्ष रोशनी रम्तेल, अभिभावकतर्फबाट प्रदीप जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वर्ष शिक्षकबाट सहायक प्रअसमेत रहेका बालकृष्ण बास्तोला, नारायणप्रसाद बास्तोला, प्रकाशराज रेग्मी, ईश्वरी रेग्मी, शर्मिला बराल सापकोटा सम्मानित भए । सो अवसरमा कक्षागत तहमा उत्कृष्टलाई पुरस्कृत गरिएको थियो । एसइईमा गत वर्ष ए प्लस ल्याउने सरोज विकसमेत पुरस्कृत भएका हुन् । विद्यालयको वार्षिकोत्सव अवसरमा ३ दिनसम्म आयोजित विविध खेलकुद एवं जिल्लास्तरीय नृत्य प्रतियोगिताका विजयीलाई पनि पुरस्कार वितरण गरियो ।
सहायक प्रअ बालकृष्ण बास्तोला, विद्यार्थीको तर्फबाट कक्षा ९ की छात्रा सुजाता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रम संचालन शिक्षक प्रकाश पौडेलले गरेका थिए ।
सो अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसैबीच, वडाध्यक्ष कर्माचार्यले १ लाख २५ हजार बराबरको अक्षयकोष स्थापनाको घोषणा गरे भने विद्यालय प्रअ शम्भुराज बास्तोलाले ५१ हजार रुपैयाँको अक्षयकोष स्थापनाका लागि आफ्ना पितामार्फत रकम हस्तान्तरण गरे ।
नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने शिव शक्तिमा हाल साढे ५ सय जना विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका लेखापाल हरिश्चन्द्र बास्तोलाले जानकारी दिए । यहाँ अंग्रेजी माध्यममा पठनपाठन हुने गर्छ । प्लस टुमा शिक्षा र व्यवस्थापन संकायमा पढाइ हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१