पोखरा । पोखरा–१ सिम्पानीस्थित भानुभक्त आवासीय माविले आफ्नो ३८ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह मंगलबार सम्पन्न गरेको छ ।
समारोहका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यालयको लगानीबिना कुनै पनि उपलब्धि हाँसिल नहुने बताए । उनले भने, ‘असल शिक्षाका लागि अभिभावक सबै जिम्मेवार हुनुपर्दछ । आमाको न्यानो माया र बाबुको आडभरोसा आवश्यक रहन्छ । विद्यार्थीको उत्कृष्ट अंकका लागि किताबी ज्ञानसँगै सिर्जनशीलता र व्यावहारिक सिप आवश्यक पर्दछ ।’
उनले अगाडि भने, ‘व्यावहारिक सिप र संस्कार पहिला घरबाट नै सिकाउनु पर्दछ । विद्यालयले पनि पढाउने भन्दा पनि सिकाउनतर्फ जोड दिनुपर्छ ।’
वडा अध्यक्ष साहाना प्रधानले स्थापनाकालदेखि नै विद्यालय शैक्षिक गुणस्तर बढाउन निरन्तर अभिभावक, विद्यार्थी र शिक्षापे्रमीसँग अन्तरक्रियामा लागेर अगाडि बढेकोमा खुसी व्यक्त गरे । उनले वडा १ को अग्रणी विद्यालयको रुपमा स्थापना भैसकेको उल्लेख गर्दै अझ प्रगतिको शुभकामना दिए ।
सो अवसरमा कक्षा १० र १२ मा उत्कृष्ट विद्यार्थीलाई ‘भानु पदक’ प्रदान गरियो । जसमा २०७९ सालको कक्षा १० मा उत्कृष्ट हुने छात्रा रोहिनी कार्की र कक्षा १२ मा उत्कृष्ट हुने छात्रा सुहाना पौडेल र २०८० सालको कक्षा १० मा उत्कृष्ट हुने छात्र एन्द्रु तामाङ र कक्षा १२ मा उत्कृष्ट हुने छात्रा प्रशंसा पौडेल छन् ।
१० वर्ष सेवा गरेका कर्मचारी सुशीला अधिकारी र नर्मदा खनाललाई ‘दीर्घसेवा’ पुरस्कार प्रदान गरियो । साथै सम्पूर्ण कक्षागत उत्कृष्ट विद्यार्थी पुरस्कृत भए ।
विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका संस्थापक प्रिन्सिपल दिनेश कुमार लामिछानेले प्रस्तुत गरेका थिए ।
विद्यालय विद्यालय व्यवस्थापक समिति अध्यक्ष मोहन दवाडीको अध्यक्षतामा भएको समारोहमा शिक्षक अभिभावक संघका अध्यक्ष तीर्थराज देवकोटाले विद्यालय, विद्यार्थीको अथक मिहिनेत र परिश्रम तथा अभिभावकको सहकार्यले नै विद्यालय अगाडि बढेको बताए ।
स्वागत मन्तव्य प्लस टु संयोजक प्रदीप अधिकारीले व्यक्त गरे भने संचालन सहायक प्रधानाध्यपक ज्ञानेन्द्र पौडेलले गरेका थिए । कार्यक्रम संचालनमा कक्षा ७, ८ र ९ का विद्यार्थी समीर दवाडी, नुसीस छन्त्याल, एन्जिल छन्त्याल, एल्जिन श्रीस, सुविन विक, गीतिका भण्डारी, गौरव पराजुली, एलिसा गुरुङले पनि सघाएका थिए ।
भानुभक्तमा हाल नर्सरीदेखि कक्षा १२ सम्म ४ सय १२ जना विद्यार्थी पढ्छन् । यहाँ २०७५ सालदेखि कक्षा ११ र १२ मा कानूनको कक्षासमेत सञ्चालित छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१