पोखरा । शीतलादेवी सामुदायिक मावि, पोखरा–१२ को अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहसहित ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
उक्त समारोहको प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले उद्घाटन गर्दै गुणस्तरीय शिक्षा आजको माग रहेको उल्लेख गरे । उनले शिक्षक, अभिभावक र विद्यार्थीको लगनशीलताबाट नै सामुदायिक विद्यालयमा शीतलादेवी सर्वाेत्कृष्ट हुनु सफल भएको बताए । साथै, उनले आफू पनि विद्यालयको लागि केही गर्न तत्पर रहेको र विद्यालयको थप संरचना निर्माणमा सहयोग जुटाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले विद्यालयमा साझा प्रयासबाट नै शैक्षिक सफलता प्राप्त हुने बताए । विद्यालयका सल्लाहकार डा. अनिल सुवेदीले सफलताको भागिदार सबै भएको उल्लेख गरे ।
शिक्षक अभिभावक संघ अध्यक्ष नरेन्द्रप्रसाद आचार्यले दरबन्दी अभावमा समेत राम्रो नतिजा ल्याउन विद्यालय सफल भएको उल्लेख गर्दै शिक्षक दरबन्दी बढाउनु पर्ने माग गरे ।
अभिभावकतर्फबाट पोखरा–१२ का वडा सदस्य रजनी परियारले सरकारीमा पनि रोजा विद्यालय भएकै कारण आफ्ना छोराछोरी यसै विद्यालयमा पढाएको जानकारी दिइन् ।
विद्यालय व्यवस्थापन समिति सदस्य रामबहादुर बस्यालले भौतिक संरचना निर्माणमा सहयोग जुटाउन पनि सफलता मिलेको र सामाजिक प्रगतिमा साथ रहने बताए ।
समारोहबीच विद्यालयको भौतिक संरचनामा सहयोग जुटाउन महत्वपूर्ण पहल गरेकोमा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय रामबहादुर बस्याल र किरण केसीलाई सम्मान गरिएको थियो ।
अध्यक्षको आसनबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्कीले थप संरचना निर्माणका लागि प्रमुख अतिथि कास्की क्षेत्र १ का सांसद गुरुङसमक्ष मागपत्र प्रस्तुत गर्दै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
विद्यालय प्राचार्य बाबुराम अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एसइई तथा दश जोड दुईमा समेत ९८ प्रतिशत सफलता प्राप्त भएको उल्लेख गरे ।
कार्यक्रम सञ्चालन विद्यालयका सूचना अधिकारी रामचन्द्र अधिकारीले गरेका थिए । सो अवसरमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१