पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दर्ता गरेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने उच्च अदालतले आदेश दिएको छ ।
मंगलबार न्यायाधीश मिलनकुमार राईको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए ।
गत २५ पुसमा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दामा लामिछानेसँग ६५ लाख धरौटी माग गर्ने आदेश दिएको थियो । धरौटी बुझाएर लामिछाने सोही दिन रिहा भएका थिए । तर, जिल्ला अदालतको आदेश चित्तबुझ्दो नभएको भन्दै लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दिएका थिए ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए । पोखरामा ८४ दिनको हिरासत जीवनपछि उक्त रिहा भएका थिए । लामिछानेले साधारण तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने माग राखेका छन् ।
उनलाई लगाइएको मुद्दाको विवरण, आदेश गर्दा अपनाइएको कार्यविधि, आदेश गर्दा आधार मानिएका तथ्य, प्रमाण र कागजातसहितको प्रतिवेदन जिल्लाले बुझाउने छ । सामान्यतः १५ दिनभित्र यस्तो प्रतिवेदन दिनुपर्ने सूचना अधिकारी पनेरुले सुनाए । ‘यति नै समय लाग्ने भन्ने छैन । तर १५ दिनभित्र प्रतिवेदन दिनुपर्ने भन्ने अभ्यास छ,’ उनले भने ।
उता, उच्च सरकारी वकिल कार्यालयले भने रविलाई धरौटीमा छाड्ने आदेश मनासिव नभएको भन्दै थुनामा पठाउन मागसहित निवेदन यसअघि नै दर्ता गरिसकेको छ । उक्त निवेदनमा पनि कैफियत प्रतिवेदन मगाउने आदेश उच्चले दिएको छ । न्यायाधीश राजुकुमार खतिवडाको इजलासले ९ माघमा धरौटीमा छाड्नुको कारण पेस गर्न आदेश दिएको हो ।
लामिछानेलाई सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप छ । पोखराबाट धरौटीमा माग भएसँगै काठमाडौं र बुटवलबाट पनि धरौटी बुझाएर उनी छुटेका छन् । सूर्यदर्शन सहकारीको मुद्दामा पूर्व डिआइजी छविलाल जोशीसँग ८८ लाख, जीवी राईकी सहयोगी लीला पछाईँसँग ३७ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनालसँग १५ लाख, संस्थापक अध्यक्ष मीना गुरुङ र संस्थापक कोषाध्यक्ष आरती गुरुङसँग जनही ५ लाख तथा संस्थापक सदस्य कृष्णबहादुर गुरुङसँग १ लाख धरौटी माग गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
रेडक्रसको जुनियर तथा युवा रेडक्रस शिविरद्वारा ‘१९ बुँदे आर्वा घोषणापत्र’
सहाराका बालकहरुसँग जन्मदिन, नगद र खाद्यान्न सहयोग
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१