गौतमलाई बार काउन्सिल पार्षद सदस्य जिताउन अभियान

आदर्श समाज सम्वाददाता
माघ १५, २०८१
5cff3d26-b88c-466e-b0cf-9ca1a1045073

पोखरा । नेपाल कानून व्यवसायी परिषद्को यही माघ २६ गते हुने निर्वाचनमा गण्डकी प्रदेश पार्षद सदस्यका उम्मेदवार अधिवक्ता दयाराम गौतमलाई जिताउन चुनावी प्रचारप्रसार अभियान जारी छ । गौतम प्रजातान्त्रिक कानून व्यवसायी (डिएलए) तर्फबाट उम्मेदवार हुन् ।
सोमबार पोखरामा आयोजित कार्यक्रममा डिएलए केन्द्रीय अध्यक्ष सीताराम केसीले लोकतान्त्रिक कानून व्यवसायीको नेतृत्व नै स्वतन्त्र न्यायपालिकाका लागि आवश्यक रहेको जिकिर गरे ।

नेपाल बार काउन्सिलका सदस्य वरिष्ठ अधिवक्ता मुकुन्द अर्यालले काउन्सिलको गरिमा अझै उचाइमा पु¥याउन डिएलएका उम्मेदवार जिताउनुपर्ने बताए ।

कार्यक्रममा डिएलएका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकाल, उच्च अदालत बार एसोसिएसन पोखराका अध्यक्ष विष्णुप्रसाद शर्मा, सचिव दुर्गेश पन्त, डिएलए कास्की अध्यक्ष कमल पौडेल, डिएलए केन्द्रीय सदस्य विष्णु खनाल, नेपाल बारका पूर्व केन्द्रीय उपाध्यक्ष विष्णुकुशल भुजेल, वरिष्ठ अधिवक्ताहरु जनकबहादुर बोहोरा, रोहितराज बास्तोला, युवा परिचालन समितिका अध्यक्ष प्रकाश शर्मा, अधिवक्ता दिनेश शर्मा लगायतले डिएलए र निर्वाचनको बारेमा बोलेका थिए ।

परिषद्का चुनावमा गण्डकीबाट ६ सय ५ जना कानून व्यवसायी मतदाता रहेको निर्वाचन प्रचारप्रसार विभाग संयोजक अधिवक्ता रमेश पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेशका नवलपुर, गोरखा, लमजुङ जिल्लाको मतदान केन्द्र तनहुँमा हुनेछ भने कास्की, स्याङ्जा र उच्च बार इकाइको हकमा पोखरामा तथा पर्वत, म्याग्दी र बागलुङको हकमा उच्च बार बागलुङमा मतदान केन्द्र रहनेछ ।

परिषदमा ७ प्रदेशबाट एकएक जना पार्षद सदस्य ५ वर्षका लागि निर्वाचित हुने व्यवस्था छ । गण्डकीबाटै पिपिएलएले वरिष्ठ अधिवक्ता नारायणप्रसाद शर्मालाई चुनावी मैदानमा अघि सारेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width