अली मियाँ फुटबल जारी

आदर्श समाज सम्वाददाता
माघ १५, २०८१
alimiya

पोखरा । लोककवि अली मियाँ स्मृति चौंथो खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार ७ खेल भए ।

पोखरा–१३ माछापोखरी फुटबल मैदानमा भएका खेल जित्दै बरजला एफसी, एनकेबी एफसी, मुस्लिम कल्याणकारी, रानीपौवा एघार, एनबीपीसी एफसी, माछापुच्छ«े श्रीशक्ति र एनएमवाइसी (बी) दोस्रो चरणमा प्रवेश गरे ।

बरजलाले मियाँपाटन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित ग¥यो । एनकेबीले केआइसीसी बुनलाई पेनाल्टी सुटआउटमा ३–२ को गोलअन्तरले पराजित गरेको छ । मुस्लिम कल्याण्कारीले नाइट मेयर एफसीलाई ३–०, रानीपौवा एघारले अन्नुदादा अभियान पदलाई पेनाल्टी सुटआउनमा ३–२ ले हराए ।

एनबीएफसीले हाम्रो एफसीलाई १–० मा स्तब्ध बनाउँदा माछापुच्छ«े श्रीशक्तिले कमलपोखरी एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ मा रोक्यो । अन्तिम खेलमा एनएमसीसीले एमपीसीलाई ३–० गोल सहज जित निकाल्यो ।

मंगलबार पहिलो चरणका सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए । प्रथम हुने टिमले १ लाख ४० हजार र द्वितीयले ८५ हजार पुरस्कार पाउने छन् । विधागततर्फ पनि पुरस्कार छ ।
नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिताको फाइनल २० माघमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • ब्ल्याक बुल्स् सेमिफाइनलमा

    आदर्श समाज सम्वाददाता माघ २९, २०८१
    पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहारार पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक रह्यो ।…
  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको…

hero news full width