पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहारा क्लब पोखराले खेलसम्बद्ध विभिन्न संघसंस्थासँग छलफल गरेको छ ।
छलफलमा वक्ताले आहारारा पोखरा गोल्डकप पोखराकै ब्राण्ड भएकाले सबैजना मिलेर सफल पार्नुपर्ने बताए । उनीहरुले फुटबल विकाससँगै क्लबले संचालन गरेको एकेडेमीमा आश्रित विपन्न तथा कठिन परिस्थितिका बालकहरुको भविष्यसमेत जोडिएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका हुन् ।
सहारा क्लब पोखराका पूर्व अध्यक्ष एवं संघसंस्था समन्वय समितिका संयोजक वीरभद्र आचार्यले प्राप्त सुझाव मनन गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा एन्फा कास्कीका संस्थापक अध्यक्ष एवं क्लबका मानार्थ सदस्य महेश गुरुङले प्रतियोगिता सफल पार्न युद्धस्तरमा लागिपरेको बताए ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले यो प्रतियोगिता सम्पूर्ण पोखरेलीको प्रतियोगिता हो भने ।
नवआदर्श सामुदायिक विकास समाजका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले एउटै क्लबले अनवरतरुपमा २४ औं संस्करणसम्म प्रतियोगिता खेलाउनु आफैँमा ऐतिहासिक भएको बताए ।
भूपू खेलाडी मञ्च नेपालका अध्यक्ष दिलबहादुर गुरुङ, मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, नेपाल निर्माण व्यवसायी संघ गण्डकी अध्यक्ष लीलकाजी गुरुङ, हेरालो प्रतिष्ठान अध्यक्ष नीरज थापा, इन्द्रेणी एकीकृत विकास समाजका अध्यक्ष भानुभक्त अधिकारी, क्लब सल्लाहकार टीकाबहादुर कार्की, थकाली सेवा समितिका तेजेन्द्र तुलाचन, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित अध्यक्ष एमबि आस्था, सञ्चारकर्मी मन क्षत्री लगायतले बोलेका थिए । सो अवसरमा पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष माधव बराल, खेलकुद पत्रकार मञ्च गण्डकीमा नवनिर्वाचित अध्यक्ष एम बि आस्था समेतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङ र संचालन सचिव टंकप्रसाद पौडेलले गरेका थिए ।
यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं संस्करणको सो प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० जना बालक आश्रित रहेको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
Related News
सम्बन्धित समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१