पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नवनिर्वाचित कार्यसमितिको शनिबार पदस्थापन भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा निर्वाचन समितिले एमबि आस्था नेतृत्वको कार्यसमितिको पदस्थापन गराएको हो ।
सो अवसरमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले खेलकुद क्षेत्रमा रहेका विकृतिहरु न्यूनीकरणका लागि खेल पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले खेल क्षेत्रका गलत क्रियाकलाप अन्त्य गर्न पत्रकारालई कलमका माध्यमबाट सहयोग गर्न आग्रह गरे ।
उनले भने, ‘मुलुकको खेलक्षेत्र भद्रगोल र अस्थिर छ । खेलक्षेत्रमा नेतृत्वमा बस्नेहरुमा विदेश भ्रमणमा बढी रुचि राख्ने प्रवृत्ति छ । यस्ता गलत प्रवृत्तिको सञ्चारकर्मीले विषय उठाउनुपर्दछ ।’
उनले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणसँगै पोखरा स्टेडियममा फ्लड लाइट राख्न पहल गर्ने समेत प्रतिबद्धता जनाए । उनले रंगशालालाई फ्रि बाईफाई जोन गर्न पहल गर्ने पनि बताए ।
१० माघमा भएको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले आस्थाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । कार्यसमिति उपाध्यक्षमा राजाराम पौडेल, उपाध्यक्ष समावेशीमा उमा आलेमगर, महासचिवमा परशुराम शर्मा, सचिवमा राजु गिरी र कोषाध्यक्षमा विमल तिवारी छन् ।
सदस्य कृष्ण दवाडी, गिता राना, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल (तारा) छन् । अधिवक्ता केशवराज बराल संयोजक रहेको निर्वाचन समिति सदस्यमा केशव पाठक र गोविन्द सुवेदी थिए ।
अध्यक्षका प्रत्यासी सुरज श्रेष्ठले निर्वाचनमा हार र जित स्वाभाविक हो भने । उनले आगामी दिनमा सँगै मिलेर काम गर्ने बताए ।
निर्वाचन संयोजक बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पाठकले गरेका थिए ।
सो अवसरमा मन्त्री गुरुङले निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए । मञ्चका निवर्तमान अध्यक्ष दीननाथ बरालले नवनिर्वाचित अध्यक्ष आस्थालाई संस्थाको माइन्यूट हस्तान्तरण गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी यस क्षेत्रका खेलकुद पत्रकारहरुको साझा संस्था हो ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१